बीमांकीय मूल्यांकनबिना जीवन बीमा कम्पनीको नाफा ३ अर्ब ६ करोड, सबैभन्दा बढी नेपाल लाइफको



काठमाडौं । निजीक्षेत्रका १८ जीवन बीमा कम्पनीले गत आर्थिक वर्ष २०७५/७६ मा ३ अर्ब ६ करोड ३ लाख २० हजार ७३७ रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।

अघिल्लो आवको सोहि अवधिमा जीवन बीमा कम्पनीहरुको नाफा ४ अर्ब ४८ करोड ९२ लाख ३० हजार ६७१ रुपैयाँ रहेको थियो । यो अवधिमा बीमा कम्पनीहरुको नाफा घटेको देखिएपनि जीवन बीमा कम्पनीको बीमांकीय मूल््यांकनपछि खुद नाफा बढ्नेछ । जीवन बीमा कम्पनीहरुको नाफा अघिल्लो आवको बीमांकीय मूल्यांकन पछिको हो । अहिलेसम्म पनि जीवन बीमा कम्पनीको गत आवको बीमांकीय मूल्यांकन भएको छैन । मूल्यांकन नाफा बढने छ ।

गत आवमा सबै भन्दा बढी नाफा कमाउने बीमा कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । ५२ करोड ३२ लाख ५९ हजार १२९ रुपैयाँ कमाएको छ । यस्तै नेशनल लाइफ इन्स्योरेन्सको नाफा ३३ करोड ६३ लाख ३८ हजार रुपैयाँ रहेको छ । वित्तीय विवरण सार्वजनिक गर्ने १८ वटा जीवन बीमा कम्पनी मध्ये सबै भन्दा कम रिलायन्स लाइफ इन्स्योरेन्स रहेको छ । रिलायन्सको २ करोड ९२ लाख १९ हजार रुपैयाँ मात्रै रहेको छ ।

पछिल्लो समयमा बीमा क्षेत्रमा १० वटा नयाँ कम्पनी थपिएका छन् । यसले बीमा बजारमा प्रतिस्पर्धा पनि बढाएको छ ।

कम्पनी नाफा २०७५/७६  नाफा २०७४/ ७५
नेशनल लाईफ ईन्स्यारेन्स कं.लि 336,338,002 298,359,015
नेपाल लाइफ इन्स्योरेन्स कं. लि 523,259,129 1,112,831,917
लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लि 161,531,437 1,345,548,211
मेट लाइफ एलिको 318,648,000 578,853,000
एशियन लाइफ इन्स्योरेन्स कं. लि. 58,234,194 46,054,262
सूर्या लाइफ इन्स्योरेन्स कं. लि. 208,613,000 121,265,000
गुराँस लाइफ इन्स्योरेन्स कं. लि 76,435,563 40,152,563
प्राइम लाइफ इन्स्योरेन्स कं. लि. 313,097,000 163,681,000
आइएमई लाइफ इन्स्योरेन्स कं.लि. 104,068,496 98,632,301
यूनियन लाइफ इन्स्योरेन्स कं.लि 99,356,356 76,674
ज्योति लाइफ इन्स्योरेन्स कं.लि. 124,632,241 123,596,267
सन नेपाल लाइफ इन्स्योरेन्स कं.लि. 102,131,000 81,681,000
रिलायन्स लाइफ इन्स्योरेन्स कं.लि. 29,219,000 79,945,000
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कं.लि 195,714,000 127,809,000
सिटिजन लाइफ इन्स्योरेन्स कं.लि 170,487,000 102,010,000
सानिमा लाइफ इन्स्योरेन्स लि. 89,107,919 63,373,657
प्रभु लाइफ इन्स्योरेन्स कं.लि 38,114,427 43,106,814
महालक्ष्मी लाइफ 111,333,973 62,254,990

 


क्लिकमान्डु