माछापुच्छ्रे बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन



काठमाडौं । माछापुच्छ्रे बैंकले जारी गरेको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन हो । आज आवेदन नदिनेले अब आवेदन दिन पाउने छैन ।

बैंकले साउन ६ गतेबाट आजसम्म ३ अर्ब रुपैयाँ बराबरको ३० लाख इकाई ऋणपत्र निष्काशन गरेको हो । साउन ९ गतेसम्म आवेदन नपरेपछि आजसम्मको लागि समय दिइएको थियो ।

बैंकका अनुसार ३० लाख इकाई मध्ये १२ लाख इकाई सर्वसाधारणका लागि र ६० हजार इकाई सामूहिक लगानी कोषलाई छुट्टाइएको छ । १८ लाख लाख इकाई भने बैंकले व्यक्तिगत रुपमा बिक्री गर्ने जनाएको थियो ।

ऋणपत्रको बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ । ७ वर्षे अवधिको ‘१०. २५ प्रतिशत माछापुच्छ्रे बैंक डिबेन्चर २०८५’ मा वार्षिक १०.२५ प्रतिशत ब्याजदर अर्धवार्षिक रुपमा पाइन्छ ।
इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ११ लाख ७० हजार कित्ताका लागि आवेदन गर्न सक्नेछन् ।


क्लिकमान्डु