२ हजार रुपैयाँसम्मको खरिदमा प्यान नचाहिने सहमति, तलबमा भने प्यान अनिवार्य



काठमाडौं । तलबमा प्यान अनिवार्य तथा, १ हजारभन्दा बढीको खरिदमा प्यान बिल अनिवार्य गरेपछि आन्दोलनमा उत्रेका व्यवसायी र सरकारबीच सहमति भएको छ ।
अर्थमन्त्रीसँग नेपाल उद्योग वाणिज्य वाणिज्य महासंघले आर्थिक विधेयकमा भएको परिवर्तनको कारण व्यवसाय गर्न असजिलो भएको बताएपछि महासंघका उपाध्यक्ष किशोर प्रधानको संयोजकत्वमा समिति गठन भएको थियो ।

सोमबार अर्थमन्त्रालयमा भएको छलफलमा सरकार र व्यवसायीबीच सहमति भएको छ ।

सहमति अनुसार सरकारले २ हजार रुपैयाँसम्मको खरिदमा प्यान नचाहिने व्यवस्था गर्ने छ । यसअघि आर्थिक विधेयकमा १ हजार रुपैयाँसम्मको खरिदमा मात्र प्यान नचाहिने व्यवस्था थियो ।

सरकारले तलब दिदा अनिवार्य रुपमा प्यान दिनुपर्ने र व्यक्तिले पाउने पारिश्रमिकमा प्यान नम्बर राखेर नै टिडिएस कट्का गनुपर्ने व्यवस्था गरेको थियो ।
प्यान नम्बर बिना तलब दिएको भए त्यसलाई कम्पनी तथा फर्महरुले खर्चमा लेख्न नपाउने व्यवस्था गरिएको छ ।

सरकारले गरेको प्यानको व्यवस्थाले केही उद्योग प्रष्ठिानलाई भने समस्यामा पारेको थियो । खास गरेर सिजनमा मात्र रोजगारी दिने उद्योग प्रतिष्ठानलाई समस्या पारेको थियो ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले सरकारसँग भएको सहमति अनुसार २ हजार रुपैयाँसम्मको खरिदमा प्यान बिल अनिवार्य नचाहिने व्यवस्था भएको बताए ।

‘सहमतिको नजिक पुगेका छौ,जिल्लाका साथीहरुसँग राय लिएपछि हामीले हस्ताक्षर गर्ने छौ,’प्रधानले क्लिकमाण्डूसँग भने ।


क्लिकमान्डु