नोट १० प्लस र पी ३० प्रो: कुन स्मार्टफोन राम्रो ?



गत अगष्ट ८ मा सामसुङले नोट १० प्लस सार्वजनिक गर्यो । सामसुङले नयाँ स्मार्टफोन बजारमा उक्त मोडेल ल्याएसँगै एन्ड्रोइड स्मार्टफोनमा हुवावे र सामसुङबीच कुन राम्रो भन्ने बहस चुलिएको छ ।

हुवावे पी सिरिज अन्तर्गतका स्मार्टफोन अत्यन्तै रुचाइएका मोडेल अन्तर्गत पर्छन् । बेस्ट प्रिमियम स्मार्टफोनको बजारमा हुवावे पी ३० प्रो बलियो प्रतिष्पर्धीका रुपमा बजारमा अडिग देखिएको छ ।

त्यसैले स्मार्टफोनको बजारमा कुन स्मार्टफोन सबैभन्दा राम्रो त ? आउनुहोस तुलना गरौं ।

क्यूड रियर क्यामरा

स्मार्टफोनमा क्यामरा अत्यन्तै महत्वपूर्ण छ । जुनसुकै स्मार्टफोनमा क्यामराको गुणस्तर र आधुनिकतालाई पनि हेरिन्छ । बजारमा क्यामराको गुणस्तरलाई पनि स्मार्टफोनको विशेषतासँग जोडिन्छ । जसमा दुबै पी३० र नोट १० प्लस मोडेलमा क्यूड क्यामरा छ । हुवावेले जर्मन क्यामरा ब्राण्ड लेइकासँग सहकार्य गरी ४०+ २० +८एमपी क्यामरा जडान गरेको छ । जसमा टाइम अफ फ्लाइट) टीओएफ सेन्सर जडान गरेको छ जसले डेप्थ अफ फिल्ड इफेक्ट बढाएको छ ।

त्यस्तै, सामसुङको हकमा पनि टीओएफ सेन्सर नोट १० प्लसमा जडान गरेको छ । तर १२+ १२ +१६ एमपी क्यामरा भने हुवावेको तुलनामा कमजोर देखिएको छ । जुन विशिष्ट स्मार्टफोनको हकमा कमजोर मानिन्छ ।

स्मार्टफोनको बढ्दो बजारमा नोट १० प्लसले क्यामराको विकासमा नयाँपन देखिएको छैन र मेन सेन्सर रिटेइनिङ जम्मा १२ एम को प्रिडेसेसर छ । जुन निराशाजनक अवस्था हो । नयाँ टीओएफ सेन्सर र नाइट–मोड क्यामरा पनि हुवावेको पी ३० प्रोमा भएको लो लाइट फिचर र ५० गुणा जुम गर्न मिल्ने विषेशतामा कमजोर देखिन्छ ।

सेल्फी क्यामरा

पी ३० पो क्यामरामा ३२ एमपी को उच्च स्पेक सेन्सर क्यामरा छ । नोट १० प्लसमा भएको १० एमपी क्यामराको तुलनामा हुवावे निकै अगाडि देखिएको छ । तर जब सबैभन्दा महत्वपूर्ण सेल्फी टुलमा हार्डवेयरले मात्रै अर्थ राख्दैन ।

ब्याट्री र चार्जिङ

पी ३० प्रोको तुलनामा नोट १० प्लससँग ब्याट्री क्षमता बढी छ । प्रोमा ४२०० क्षमताको ब्याट्री छ भने नोट १० प्लससँग ४२०० क्षमताको ब्याट्री छ । जसमा चार्जिङको कुरा गर्दा नोट १० प्लस ४५ वाटको हाइ भोल्टेजमा चार्ज हुन्छ भने हुवावे ४० वाटमा सुपर चार्ज हुन्छ । ब्याट्री क्षमता मात्रै हेर्दा नोट १० प्लस राम्रो देखिए पनि जबतपाई चार्जिङसम्म पुग्नुहुन्छ पी ३० राम्रो देखिन्छ । नोट १० प्लस नोट ७ को नयाँ रुपम जस्तो देखिन्छ ।
नोट ७ को ब्याट्री निकै ठूलो क्षमताको थियो । जुन ओभर हिट हुन्थ्यो भने सिरियसि पीआर क्राइसेस पनि ब्राण्डमा भयो । जसले गर्दा नोट ८ मा ३३०० को ब्याट्री बनाउनु पर्ने अवस्था आयो । नोट ७ मा ३५०० मेगाहर्ज क्षमताको ब्याट्री राखिएको थियो । यो २ वर्ष अगाडिको कुरा हो, अहिले सामसुङले ४३०० ब्याट्री ल्याउने निर्णय गरेको हो । यो सामसुङका लागि पर्ख र हेरको रणनीतिमा आधारित बजार योजना हो भन्न सकिन्छ ।
अहिले सामसुङको ४५ वाट चार्जरमा राम्रो सुधार देखिएको छ । तर धेरै प्रयोगकर्ताहरु जसले नोट १० प्लस खरिद गरेका छन उनीहरुलाई फास्ट चार्जिङ फिचर चाहिएको हो भने निराश हुन्छन् । सामसुङले अहिले २५ वाटको चार्जर फोनसँगै दिन्छ भने ४५ वाटको चार्जर छुट्टै खरिद गर्नुपर्छ ।

डिजाइन

के तपाईलाई नोट १० प्लसको डिजाइन भयानक देखिएको छ । तुलनात्मक उद्देश्यका लागि यहाँ दुबै फोनको तस्बिर दिइएको छ । स्टिभ जब्सले एक पटक भनेका थिए नक्कल गर्नु चाप्लुसीको उच्च नमूना मात्रै हो । जुन सामसुङले गर्दै आएको छ । पुरानै कलर, स्किम र रियर क्यामरा प्रयोग गरेको छ । तर यो हकमा हुवावे पी सिरिज अलग छ ।

नयाँ विशेषता

सामसुङ नोट १० प्लसमा ७ नानोमिटरको चिप जडान गरिएको छ । यो ध्वनीका लागि राम्रो पनि छ । हुवावे स्मार्टफोनमा पनि सोही टेक्नोलोजी प्रयोग भइरहेको छ । सामसुङले अहिले ३.५ एमएम हेडफोन ज्याक हटाइसकेको छ ।

मूल्य

दुबै मोडेल पी ३० प्रो र नोट १० प्लस प्रिमियम मूल्यका स्मार्टफोन हुन । यद्यपि, खरिदकर्ताहरु हुवावे पी ३० मानिसहरुका लागि लाभदायक हुने देखिएको छ । फोन केही महिना अघि मात्रै सार्वजनिक भएको छ ।


क्लिकमान्डु