दशैंलाई लक्षित गरी केएनपीले फेरि ल्यायो रङमा दंग योजना




काठमाडौं । जापानको सर्वोत्कृष्ट हेल्थी होम पेन्ट केएनपीले दशैंको शुभ अवसर पारेर फेरि एकपटक ‘रङमा दंग’ योजना नेपाली बजारमा ल्याएको छ ।

यस योजना अन्तर्गत ग्राहकहरुले केएनपी इम्प्रेसन र एक्सल टोटलको प्रत्येक ६० हजार (भ्याट सहित) रुपैयाँको खरिदमा एउटा कुपन प्राप्त गर्न सक्नेछन् ।

योजनामा ग्राहकहरुले लक्की ड्रमार्फत बम्परमा १० तोला सुन, १० भाग्यशाली ग्राहकले स्मार्ट फोन र ३ भाग्यसाली ग्राहकले एलईडी टिभी जित्ने अवसर प्राप्त गर्नेछन् ।

यसका साथै ग्राहकहरुले हात खाली नजाने उपहार अन्तर्गत हाते घडी जित्नेछन् ।

लक्की ड्र मा सहभागी हुनको लागि ग्राहकहरुले केएनपी स्पेस सिरियल नम्बर स्पेस ग्राहकको नाम टाइप गरी ३४००१ मा एसएमएस गर्न सक्नेछन् ।

सन् २०१२ देखि नेपालमा आफ्नो उत्पादन गर्न सुरु गरेको केएनपी जापानले वातावरणमैत्री पेन्टलाई प्राथमिकता दिँदै हेल्थी होम पेन्ट उत्पादन गर्दै आएको छ ।

नेपालमा भिओसी रहित पेन्टलाई सशक्त रुपमा आत्मसाथ गर्दै अगाडि बढेको केएनपीले स्वास्थ्य जीवन र स्वच्छ वातावरण को प्रचार–प्रसार गर्दै आएको छ ।


क्लिकमान्डु