८० करोड नबुझाएपछि अजेय सुमार्गीको हेलो नेपालको लाइसेन्स खारेज



काठमाडौं । नेपाल दूरसञ्चा प्राधिकरणले अजयराज सुमार्गीको स्वामित्वमा रहेको नेपाल स्याटेलाइट टेलिकमको अनुमतिपत्र खारेज गरेको छ ।

आइतबार बसेको प्राधिकरण बोर्डको बैठकले रोयल्टी र नविकरण शुल्क वापतको करिब ८० करोड रुपैयाँ तोकिएको समयमा नबुझाएकाले खारेज गर्ने निर्णय गरेको हो ।
दुरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले बसेको बोर्ड बैठकले लाइसेन्स खारेज गर्ने निर्णय गरेको जानकारी दिए ।

कम्पनीलाई जेठ मसान्तसम्म शुल्क बुझाउनका लागि समय दिइएको थियो ।

२०६४ साल फागुनमा लाइसेन्स पाएर ग्रामीण क्षेत्रमा सेवा सञ्चालन गरेको कम्पनीले मध्य तथा सुदुरपरिश्चममा सेवा दिइरहेको छ ।

कम्पनीले प्राधिकरणको खारेज गर्ने निर्णय विरुद्ध ३५ दिनभित्र पुनरावदेन दिन सक्छ । कम्पनीले सरकार समक्ष निर्णय पुनरावलोकनको लागि निवेदन भने दिन सक्छ ।


क्लिकमान्डु