सुनको मूल्य प्रति तोला ५ सय रुपैयाँले घट्यो



काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मूल्य प्रति तोला ५ सय रुपैयाँले घटेको छ ।

आइतबार सुनको मूल्य प्रति तोला ५ सय रुपैयाँले घटेर ७१ हजार रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनसँगै चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य प्रति तोला १० रुपैयाँले घटेर आठ सय ३० रुपैयाँ कारोबार भएको छ ।


क्लिकमान्डु