अर्थमन्त्री खतिवडाले भने- अब करको दर बढाउने ठाउँ छैन्



काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले अब करको दर बढाउने ठाउँ नभएको बताएका छन् ।

काभ्रेको धुलिखेलमा आन्तरिक राजश्व कार्यालयको उद्घाटनमा करका दरहरु बढाउने सन्दर्भमा आयकरको दर मात्रै बढाएको बताए ।

उनले भने, ‘अहिले सबैभन्दाबढी २० लाख रुपैयाँभन्दा बढीको आयकर ३६ प्रतिशत छ, अब केही वर्षमा यसको पुनरावलोकन हुन्छ ।’

संस्थागत आयकर र मूल्य अभिवृद्धि कर नबढाएको उल्लेख गर्दै खतिवडाले त्यसमा अझैसम्म परिवर्तन नगरेको बताए।

करको दर नबढेको तर संघीय संरचनामा जाँदा तीन वटा सरकारलाई एक्लो सरकार देख्दा समस्या भएको बताउँदै उनले प्रदेश र स्थानीय तहमा उठाइने करलाई संघसँग करसँग जोडेर सरकारले बढी कर लगाएको देखिएको बताए ।

स्थानीय लेखा नम्बर व्यवसाय गर्नेहरुका लागि अनिवार्य पत्र भएकाले आम्दानी हुँदा तिर्नु नहुँदा नतिर भन्ने उद्देश्यबाट व्यक्तिगत स्थायी लेखा नम्बरको व्यवस्था प्रयोगमा ल्याएको उनले बताए ।

मन्त्री खतिवडाले व्यवसायीलाई पनि स्वच्छ, पादर्शी र प्रतिस्पर्धी व्यवसाय गर्ने अवसर प्रदान गर्न सरकार तयार रहेको बताए ।


क्लिकमान्डु