यूनियन लाइफको नाफा २९.५८ प्रतिशतले बढ्यो



काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

यो अवधिमा यूनियनको नाफा ९ करोड ९३ लाख ५६ हजार ३५६ रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोहि अवधिमा ७ करोड ६६ लाख ७४ हजार ३३१ रुपैयाँ रहेको थियो । यो अवधिमा यूनियनको नाफा २९.५८ प्रतिशतले बढेको छ ।

यूनियनले यो अवधिमा २ अर्ब ९५ करोड १८ लाख ६७ हजार ११३ रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यस्तै ५ करोड ६९ लाख ३८ हजार ३७५ रुपैयाँ दाबी भुक्तानी रहेको छ । १ अर्ब ५० करोड ५० लाख रुपैयाँ चुक्ता पुँजी रहेको यूनियनको जगेडा कोषमा १६ करोड ९६ लाख ६८ हजार ८५७ रुपैयाँ रहेको छ ।

२ अर्ब १२ करोड ८६ लाख १९ हजार ५३५ रुपैयाँ जीवन बीमा कोषमा रहेको यूनियनको महा विपत्ती जगेडा कोषमा १ करोड ८८ लाख ५२ हजार रुपैयाँ रहेको छ ।


क्लिकमान्डु