ज्योति विकास बैंक र रेमिट टू नेपालबीच सम्झौता
काठमाडौं । ज्योति विकास बैंकले रेमिट सेवा अझ सहज र विस्तारित गर्न भन्दै रेमिट टू नेपालसगं रेमिट सेवाको लागि सम्झौता गरेको छ।
सम्झौता पत्रमा बैंकका तर्फबाट बैंकका नायब महाप्रबन्धक सुशील कुमार शर्मा तथा रेमिट टू नेपालको तर्फबाट रेमिट टू नेपालका महाप्रबन्धक सन्तोष भेटवालले हस्ताक्षर गरेका छन् ।
सम्झौता पश्चात रेमिट टू नेपालको रेमिट सेवा बैंकको जुनै शाखा कार्यालयबाट लिन सकिनेछ। बैंकको मुलुकभर रहेका ९७ वटा शाखाबाट रेमिट टू नेपालको देश( विदेशबाट हुने रेमिट सेवा उपलब्ध हुनेछ ।
हाल बैंकले ९७ शाखा कार्यालय, २ एक्सटेन्सन काउन्टर तथा ४० वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ भने यसै आर्थिक वर्षमा थप १२ वटा नयाँ शाखा संचालनमा ल्याउने प्रक्रियामा रहेको जनाएको छ ।
साथै यस आर्थिक बर्ष भित्र नै अन्य थप २५ स्थानबाट समेत एटिएम मार्फत सेवा प्रदान गर्ने तयारीमा रहेको छ । हालसम्म बैंकले २ लाख ४० हजारभन्दा बढि खाताबाट २९ खर्ब ५० अर्बभन्दा बढि निक्षेप संकलन गरी २० हजारभन्दा बढि ऋणीलाई २५ खर्ब ५० अर्ब भन्दा बढि लगानी गर्न सफल भएको जनाएको छ।