प्रभु इन्स्योरेन्सको नाफा ९.८० प्रतिशतले बढ्दा अरू सुचक कस्ता छन ?



काठमाडौं । प्रभु इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेकोछ । उक्त अवधिमा इन्स्योरेन्सले २६ करोड ६२ लाख १३ रुपैयाँ नाफा आर्जन गरेको छ ।

जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा ९.८० प्रतिशतले बढी हो । अघिल्लो आवको सोहि अवधिमा २४ करोड २२ लाख ७८ हजार रुपैयाँ नाफा रहेको थियो ।

यो अवधिमा इन्स्योरेन्सले खुद बिमा शुल्क आर्जन ५० करोड ३५ लाख ३९ हजार रुपैयाँ पुगेको छ । जुन अघिल्लो आवको सोहि अवधिमा ४६ करोड १४ लाख ६८ हजार रुपैयाँ रहेको थियो ।

१ अर्ब ५० लाख ७६ हजार रुपैयाँ चुक्ता पुँजी रहेको इन्स्योरेन्सको जगेडा कोषमा २८ करोड ४५ लाख ९७ हजार रुपैयाँ रहेको छ भने महाविपत्ती कोषमा ८ करोड ७७ लाख १० हजार रुपैयाँ रहेको छ ।
इन्स्योरेन्सको प्रतिसेयर आम्दानी २६ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १८६ रुपैयाँ रहेको छ ।


क्लिकमान्डु