एनआईसी एसिया बैंकको नाफा १२९ प्रतिशतले बढ्यो



काठमाडौं । एनआईसी एसिया बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले यो अवधिमा ३ अर्ब ५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा १२९ प्रतिशतले बढी रहेको छ । अघिल्लो आवको सोहि अवधिमा १ अर्ब ३३ करोड रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो । बैंकले आफ्नो वासलातको आकार २ खर्ब १७ अर्ब ७० करोड रुपैयाँ रहेको जनाएको ।

१ खर्ब ८० अर्ब ५८ करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले १ खर्ब ५० अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । कर्जा प्रवाहमा यस बैंक अन्य सम्पूर्ण वाणिज्य बैंकहरु भन्दा शीर्ष स्थानमा रहन सफल भएको छ भने निक्षेप संकलनतर्फ सम्पूर्ण नीजि स्तरका वाणिज्य बैंकहरुमध्ये शीर्ष स्थानमा रहन सफल भएको छ ।

बैंकको वार्षिक विन्दुगत आधारमा प्रतिशेयर आय १०८ प्रतिशतले वृद्धि भई ३४.५६ तथा स्वपूँजीमा प्रतिफल १०८ प्रतिशतले वृद्धि गरी २५.१६ प्रतिशत कायम भएको छ । बैंकको खुद ब्याज आम्दानी ६ अर्ब ६९ करोड रुपेयाँ रहेको छ भने सञ्चालन मुनाफा ४ अर्ब ५८ करोड रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी ३४ रुपैयाँ ५६ पैसा रहेको जनाएको छ ।


क्लिकमान्डु