सिटिजन लाइफ इन्स्योरेन्सको नाफा ६७.१२ प्रतिशतले बढ्यो



काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले गत आवको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

इन्स्योरेन्सले यो अवधिमा १७ करोड ४ लाख ८७ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिमा ६७.१२ प्रतिशतले बढी हो । अघिल्लो आवको सोहि अवधिमा १० करोड २० लाख १० हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

यो अवधिमा इन्स्योरेन्सले १ अर्ब १२ करोड ८४ लाख ८६ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको अघिल्लो आवको सोहि अवधिमा ३६ करोड ५ लाख ९५ हजार रुपैयाँ रहेको थियो ।

यस्तै इन्स्योरेन्सले गत आवको चौथो त्रैमासमा कुल बीमा शुल्क आर्जन १ अर्ब १६ करोड ५१ लाख ६१ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवको सोहि अवधिमा ४० करोड २० लाख ५० रुपैयाँ रहेको थियो । १ अर्ब ७५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको इन्स्योरेन्सको जगेडा कोषमा २५ करोड १० लाख ६३ हजार रुपैयाँ रहेको छ ।


क्लिकमान्डु