ज्योति विकास बैंकको नाफामा उल्लेख्य सुधार, अन्य सूचकमा कस्तो देखियो सुधार



काठमाडौं । ज्योति विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

यो अवधिमा बैंकको नाफा ६८.७८ प्रतिशतले बढेर ५० करोड १ लाख १० हजार रुपैयाँ पुगेको छ । गत आवको सोहि अवधिमा २९ करोड ६२ लाख ९५ हजार रुपैयाँ रहेको थियो ।

यो अवधिमा बैंकको नाफा बढ्नमा खुद ब्याज आम्दानी र सञ्चालन मुनाफाले सहयोग गरेको छ । बैंकको खुद ब्याज आम्दानी ६१.५९ प्रतिशतले बढेर १ अर्ब २४ करोड १९ लाख ३२ हजार रुपैयाँ रहेको छ । गत आवको सोहि अवधिमा बैंकको खुद ब्याज आम्दानी ७६ करोड ८५ लाख ५४ हजार रुपैयाँ रहेको थियो ।

यस्तै सञ्चालन मुनाफा पनि ६९ प्रतिशतले बढेर ७८ करोड ८६ लाख ७५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोहि अवधिमा ४४ करोड ६६ लाख ४९ हजार रुपैयाँ रहेको थियो ।

३ अर्ब १० करोड ३९ हजार रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ८४ करोड ५७ लाख ६२ हजार रुपैयाँ रहेको छ । २९ अर्ब २३ करोड ८९ लाख ३३ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले २५ अर्ब ७८ करोड ५२ लाख ७५ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको खराब कर्जा अघिल्लो आवको सोहि अवधिको तुलनामा बढेर ०.६४ प्रतिशत रहेको छ । अघिल्लो आवमा ०.४० प्रतिशत रहेको थियो । १६ रुपैयाँ १३ पैसा प्रतिसेयर आम्दानी (बार्षिक) रहेको बैंकको प्रतिसेयर नेटवर्थ १२७ रुपैयाँ १२८ पैसा रहेको छ ।


क्लिकमान्डु