टेलिकमको वित्तीय अवस्था ध्वस्त, नाफा ४१.६१ प्रतिशतले घट्यो



काठमाडौं । नेपाल टेलिकमले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । यो अवधिमा टेलिकमको वित्तीय अवस्था निकै कमजोर रहेको देखिएको छ ।

गत आवको चौथो त्रैमासमा टेलिकमको नाफा ४१.६१ प्रतिशले घटेको छ । अघिल्लो आवको चौथो त्रैमासमा १७ अर्ब ४८ करोड ३८ लाख १ हजार ८२७ रुपैयाँ रहेको थियो गत आवको सोहि अवधिमा आईपुग्दा नाफा ४१.६१ प्रतिशतले घटेर १० अर्ब २० करोड ८१ लाख ६८ हजार ४५० रुपैयाँ रहेको छ ।

१५ अर्ब चुक्ता पुँजी टेलिकमको जगेडा कोषमा ८६ अर्ब ७३ करोड १७ लाख १ हजार ८७५ रुपैयाँ रहेको छ । अघिल्लो आवको सोहि अवधिमा जगेडा कोषमा ८४ अर्ब ३२ करोड ८० लाख ८७ हजार १८८ रुपैयाँ रहेको थियो ।

गत आवको चौथो त्रैमासमा टेलिकमले सेवा बिक्रीबाट ३६ अर्ब ७८ करोड ४८ लाख ७४ हजार ९७४ रुपैयाँ आर्जन गरेको छ । तर अघिल्लो आवको सोहि अवधिमा ३९ अर्ब २ करोड ३२ लाख ५९ हजार ७३८ रुपैयाँ रहेको छ ।

प्रतिसेयर आम्दानी ६८ रुपैयाँ ०५ पैसा रहेको टेलिकमको अघिल्लो आवको ११६ रूपैयाँ ५६ पैसा रहेको थियो । यस्तै प्रतिसेयर नेटवर्थ भने बढेको छ । अघिल्लो आवको सोहि अवधिमा ६६४ रूपैयाँ ४३ पैसा रहेको थियो । गत आवको सोहि अवधिमा आइपुग्दा ६७८ रूपैयाँ २१ पैसा रहेको छ ।


क्लिकमान्डु