प्राइमभन्दा कैलाशको लाभांश क्षमता बढी, अरू सूचक कस्ता छन् ?




काठमाडौं । प्राइम बैंक र कैलाश विकास बैंकले मर्जरमा जाने सम्झौता गरिसकेका छन् । केही महिनाभित्रै दुई बैंक गाभिएर एकीकृत कारोबार गर्दैछन् ।

दुबै बैंक गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेका छन् । उक्त वित्तीय विवरण अनुसार प्राइम बैंकको भन्दा कैलाश विकास बैंकको लाभांश क्षमता बढी देखिएको छ ।

गत वर्षको नाफाबाट प्राइम बैंकले सेयरधनीलाई १७ प्रतिशत लाभांश दिने क्षमता राख्छ भने कैलाश विकास बैंकले १८ प्रतिशत लाभांश दिने क्षमता राख्छ ।

वित्तीय विवरण अनुसार प्राइम बैंकको वितरण योग्य नाफा १ अर्ब ६० करोड छ भने कैलाश विकास बैंकको ४६ करोड छ । प्राइमको चुक्ता पुँजी ९ अर्ब ३१ करोड ८६ लाख छ भने कैलाश विकास बैंकको चुक्ता पूँजी २ अर्ब ५२ करोड रुपैयाँ छ ।

कैलाश विकास बैंके खुद नाफा ६१ करोड ६४ लाख रुपैयाँ छ भने प्राइम बैंकको खुद नाफा २ अर्ब ३६ करोड रुपैयाँ छ । प्राइम बैंकको जगेडा कोषमा २ अर्ब ६० करोड रुपैयाँ छ भने कैलाश विकास बैंकको जगेडा कोषमा ७५ करोड २९ लाख रुपैयाँ छ ।

एक वर्षको अवधिमा प्राइम बैंकले साढे ४ अर्ब रुपैयाँले निक्षेप बढाउँदै कुल ७७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी साढे ४ अर्ब रुपैयाँले बढाउँदै कुल ७२ अर्ब ५१ करोड रुपैयाँ कर्जा विस्तार गरेको छ ।

यसै अवधिमा कैलाश विकास बैंकले ८ अर्ब रुपैयाँले कुल निक्षेप बढाउँदै कुल निक्षेप २७ अर्ब ७२ करोड रुपैयाँ पुर्याएको छ भने कर्जा साढे ७ अर्बले बढाउँदै २६ अर्ब ६६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

गत असार मसान्तमा सीसीडी रेसियो ७७ प्रतिशत छ भने कैलाश विकास बैंकको ७८.१६ प्रतिशत छ ।

त्यस्तै, अघिल्लो वर्षको भन्दा गत वर्ष प्राइम बैंकको खराब कर्जा केही बढेको छ । अघिल्लो वर्ष ०.८५ प्रतिशत रहेको खराब कर्जा गत वर्ष ०.९२ प्रतिशत पुगेको छ ।

कैलाश विकासको खराब कर्जा भने केही घटेको छ । अघिल्लो वर्ष ०.३२ प्रतिशत रहेको कैलाशको खराब कर्जा गत वर्ष ०.२४ प्रतिशतमा झरेको छ ।

कैलाश विकास बैंकको बेस रेट ११.०८ प्रतिशत छ भने प्राइम बैंकको बेस रेट १०.०३ प्रतिशत छ ।

यो अवधिमा प्राइम र कैलाश दुबै बैंकले केही स्प्रेड बढाएका छन् । गत असार मसान्तमा प्राइमको स्प्रेड ४.३२ प्रतिशत छ भने कैलाश विकास बैंको ४.९१ प्रतिशत छ ।

प्राइम बैंकको प्रति सेयर आम्दानी २५.३८ रुपैयाँ छ भने कैलाशको प्रति सेयर आम्दानी २४.४६ रुपैयाँ छ । त्यस्तै, नेटवर्थ पनि प्राइमको भन्दा कैलाशको बढी छ ।

प्राइमको प्रतिसेयर नेटवर्थ १४५.७२ रुपैयाँ छ भने कैलाशको प्रतिसेय नेटवर्थ १५०.४७ प्रतिशत छ ।

प्रतिसेयर कुल सम्पत्तिको मूल्यमा पनि प्राइमभन्दा कैलाश निकै अगाडि छ । प्राइमको प्रतिसेयर कुल सम्पत्तिको मूल्य १०९९ रुपैयाँ छ भने कैलाशको १४६३ रुपैयाँ छ ।


क्लिकमान्डु