कृष्णराजले सुधारे महालक्ष्मी विकास बैंक, नाफा ८० करोड, २५ प्रतिशत लाभांश क्षमता 



काठमाडौं । महालक्ष्मी विकास बैंकले ८० करोड रुपैयाँ नाफा गरेको गरेको छ ।

बैंकले गतवर्ष ७७.७७ प्रतिशतले नाफा बढाएको हो । महालक्ष्मी विकास बैंकले अघिल्लो वर्ष ४५ करोड २१ लाख रुपैयाँ नाफा गरेको  थियो ।

महालक्ष्मी विकास बैंकको प्रमुख समस्या खराब कर्जा  थियो । जसलाई प्रमुख कार्यकारी अधिकृतमा कृष्णराज लामिछाने गएपछि ठूलो सुधार गरेका छन् ।

असार मसान्तसम्ममा बैंकमा २.५४ प्रतिशत खराब कर्जा छ । अघिल्लो वर्ष यस्तो अनुपात ३.८८ प्रतिशत थियो ।

बैंकमा असार मसान्तसम्ममा ३० अर्ब ५९ करोड रुपैयाँ निक्षेप छ भने कर्जा २६ अर्ब ५ करोड रहेको छ । अघिल्लो वर्ष बैंकमा २६ अर्ब ७५ करोड थियो भने कर्जा २० अर्ब ३३ करोड थियो ।

२ अर्ब ८४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको महलक्ष्मी विकास बैंकमा रिबर्जमा १ अर्ब ७५ करोड रुपैयाँ रिजर्ब रहेको छ ।

बैंकले सेयरधनीलाई बाड्न मिल्ने नाफा ७२ करोड गरेको छ । अपरिस्कृत विवरणले बैंकले सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने क्षमता राख्छ ।

बैंकले संचालन नाफा १ अर्ब ५ रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकको संचालन नाफा ६५ करोड रुपैयाँ थियो ।

बैंकको ब्याज आम्दानी र कमिसनको आम्दानी बढेको छ ।

बैंकको कर्जा निक्षेप अनुपात ७४.२७ प्रतिशत छ । बैंकको स्प्रेड ४.७७ प्रतिशत छ । बेसरेट ११.२५ प्रतिशत छ ।


क्लिकमान्डु