एनएमबीको नाफा २ अर्ब ३१ करोड, लाभांश क्षमता १३.२१ प्रतिशत



काठमाडौं । एनएमबि बैंकले २ अर्ब ३१ करोड रुपैयाँ नाफा गरेको छ ।
बैंकले गतवर्ष २८.३३ प्रतिशतले नाफा बढाएको हो ।

अघिल्लो वर्ष बैंकले गतवर्ष १ अर्ब ८० करोड रुपैयाँ नाफा गरेको थियो ।
बैंकले सेयरधनीलाई १ अर्ब २७ करोड रुपैयाँ सेयरधनीलाई लाभांश मिल्ने नाफा गरेको छ । यसले बैंकले १३.२१ प्रतिशत लाभांश दिने क्षमता राख्छ ।

एनएमबि बैंकले असार मसान्तसम्ममा ९७ अर्ब ८९ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । कर्जा ८८ अर्ब ४८ करोड रुपैयाँ प्रवाह गरेको छ ।

अघिल्लो वर्षको असार मसान्तमा ८३ अर्ब ९७ करोड रुपैयाँ निक्षेप रहेको थियो कर्जा ७२ अर्ब ७१ करोड रुपैयाँ रहेको थियो ।

९ अर्ब ६१ रुपैयाँ चुक्ता पूँजी रहेको एनएमबि बैंकको रिजर्बमा ३ अर्ब ५३ करोड रुपैयाँ रहेको छ ।

बैंकको पूँजीकोष अनुपात १५.३२ प्रतिशत रहेको छ ।


क्लिकमान्डु