राष्ट्र बैंकको नियम बैंकर्स संघका अध्यक्ष ढुंगानाले तोडे, ऋणको ब्याज बढाएर ४१% नाफा बढ्यो



काठमाडौं । नेपाल बंगलादेश बैंकले ४१ प्रतिशतले नाफा बढाएको छ ।

बैंकले ४१ प्रतिशतले नाफा बढाउदा कर्जा र निक्षेपबीचको ब्याज अन्तरमा अत्याधिक बढाएको छ । अघिल्लो वर्ष ३.६७ प्रतिशत रहेको थियो । गतवर्षको असार मसान्तमा एनबी बैंकको स्प्रेडदर ४.६७ प्रतिशत रहेको छ । राष्ट्र बैंकले ४.५० प्रतिशत स्प्रेडदर तोकेको छ ।

राष्ट्र बैंकले तोकेको स्प्रेडदरको नियम बैंकर्स संघका अध्यक्ष ढुंगाना प्रमुख कार्यकारी अधिकृत रहेको बैंकले तोडेको छ ।

बैंकर्स ढुंगाना बैंकहरुले चर्को व्याज लिए भन्ने व्यवसायीहरुप्रति खरो टिप्पणी गर्दै हिँड्थे । ढुंगानाले आफूहरु अक्षरस राष्ट्र बैंकको नीति निर्देशन पालना गर्दै अघि बढेको बताउँदै आएका छन् र तर, राष्ट्र बैंकले ०७६ असार मसान्तमा ४.५ प्रतिशतभन्दा बढी स्प्रेड कायम गर्न नपाउने व्यवस्था उनै ढुंगाना सीइओ रहेको बैंकले तोडेर नाफा बढाएको छ ।

बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६१ करोड रुपैयाँ नाफा गरेको हो । अघिल्लो वर्ष बैंकको नाफा १ अर्ब १४ करोड रहेको थियो ।

बैंकले सेयरधनीलाई १ अर्ब ३ करोड रुपैयाँ लाभांश बाड्न मिल्ने नाफा गरेको छ । सेयरधनीलाई एनबी बैंकबाट १२.७४ प्रतिशत लाभांश दिने क्षमता राखेको छ ।

एनबी बैंकमा असार मसान्तसम्ममा ५९ अर्ब ८२ करोड रुपैयाँ निक्षेप छ । कर्जा ५२ अर्ब ७२ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्ष एनबी बैैंकमा ४८ अर्ब रुपैयाँ निक्षेप थियो भने कर्जा ४० अर्ब ८७ करोड रुपैयाँ कर्जा रहेको थियो ।

८ अर्ब ८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको एनबी बैंकको रिजर्बमा ३ अर्ब ३२ करोड रहेको छ भने पूँजीकोष अनुपात १३.७५ प्रतिशत रहेको छ ।
बैंकको ब


क्लिकमान्डु