जनता बैंकमा परशुरामको जादु छायो, नाफा ३४ प्रतिशतले बढ्यो



काठमाडौं । जनता बैंकले ३४ प्रतिशतले नाफा बढाएको छ । बैंकले गत आर्थिक वर्षमा १ अर्ब ३४ करोड रुपैयाँ नाफा गरेको हो ।

अघिल्लो वर्ष बैंकले १ अर्ब रुपैयाँ नाफा गरेको थियो । बबैंकले सेयरधनीलाई बाड्न मिल्ने नाफा ९७ करोड ७२ लाख रुपैयाँ गरेको प्रकाशित वित्तीय विवरणमा उल्लेख छ । यसबाट बैंकले सेयरधनीलाई १२.१५ प्रतिशत लाभांश दिन सक्छ ।

जनता बैंकले ग्लोबल आइएमई बैंकसँग मर्जरमा जाने सम्झौता गरेको छ ।

बैंकमा असार मसान्तसम्ममा ७६ अर्ब रुपैयाँ निक्षेप रहेको छ भने कर्जा ६६ अर्ब ८४ करोड रुपैयाँ कर्जा रहेको छ । अघिल्लो वर्षको असार मसान्तसम्ममा बैंकमा ५८ अर्ब ३२ करोड रुपैयाँ निक्षेप रहेको थियो भने कर्जा ५२ अर्ब ७९ करोड रहेको थियो ।

८ अर्ब चुक्ता पूँजी रहेको जनता बैंकको रिजर्बमा १ अर्ब ७० करोड रुपैयाँ रिजर्बमा रहेको छ । बैंकको पूँजीकोष अनुपात १३.३३ प्रतिशत रहेको छ ।

बेसरेट ९.९५ प्रतिशत छ भने कर्जा निक्षेप अनुपात ७७.३४ प्रतिशत रहेको छ । स्प्रेडदर ४.४२ प्रतिशत रहेको छ । बैंकको प्रति सेयर आम्दानी १६.८१ रुपैयाँ रहेको छ ।


क्लिकमान्डु