सेञ्चुरी बैंकको नाफा ८६ करोड, निक्षेप ५७ अर्ब ९९ करोड पुग्यो



काठमाडौं । सेञ्चुरी कमर्शियल बैंकले ८६ करोड रुपैयाँ नाफा गरेको छ ।

बैंकले ब्याज आम्दानीबाट २ अर्ब ६७ करोड रुपैयाँ कमाएको छ । अघिल्लो वर्षको तुलनामा भने बैंकको नाफा घटेको देखिन्छ । अघिल्लो आर्थिक वर्षमा बैंकको नाफा ९१ करोड २२ लाख थियो । रहेको थियो । खराब कर्जा बढ्दा बैंकको नाफा घटेको छ ।

अघिल्लो वर्ष ०.५० प्रतिशत रहेको खराब कर्जा अनुपात यो वर्ष बढेर १.७२ प्रतिशत पुगेको छ ।

बैंकमा असार मसान्तसम्ममा ५७ अर्ब ९९ करोड रुपैयाँ निक्षेप रहेको छ । अघिल्लो वर्ष ५३ अर्ब ३३ करोड रहेको थियो । बैंकले असार मसान्तसम्ममा ५६ अर्ब ९३ करोड रुपैयाँ कर्जा दिएको छ । अघिल्लो वर्ष कर्जा ५२ अर्ब ८४ करोड रहेको थियो ।

बैंकले सेयरधनीलाई बाड्न मिल्ने नाफा ५३ करोड ५१ लाख रुपैयाँ गरेको छ ।
बैंकको पूँजीकोष अनुपात १४.६२ प्रतिशत रहेको छ । कर्जा निक्षेप अनुपात ७८.०९ प्रतिशत रहेको छ । बेसरेट ११.२९ प्रतिशत छ । बैंकले ४.२० प्रतिशत स्प्रेडदरमा काम गरेको देखाएको छ ।

प्रति सेयर आम्दानी १०.२३ रुपैयाँ रहेको छ ।


क्लिकमान्डु