हिमालयन बैंकको नाफा ५० प्रतिशत बढ्यो, सेयरधनीलाई २४ % लाभांश क्षमता



काठमाडौं ।  हिमालयन बैंकले ५० प्रतिशत नाफा बढाएको विवरण सार्वजनिक गरेको छ ।

बैंकले प्रकाशित गरेको गतवर्ष २०७५/७६ को अपरिस्कृत विवरणमा बैंकले २ अर्ब ८२ करोड रुपैयाँ नाफा गरेको छ । आर्थिक वर्ष २०७४÷७५ मा बैंकको नाफा १ अर्ब ८९ करोड रुपैयाँ नाफा गरेको थियो ।

बैंकले ब्याज आम्दानीबाट मात्र ५ अर्ब २ करोड रुपैयाँ कमाएको छ ।

बैंकले गतवर्षको नाफाबाट सेयरधनीलाई २ अर्ब २ करोड रुपैयाँ लाभांश दिने क्षमता राखेको छ । अर्थात बैंकले करिब २४ प्रतिशत लाभांश दिनसक्छ । तर,वित्तीय विवरण पूर्ण रुपमा लेखापरिक्षण तथा राष्ट्र बैंकबाट स्वीकृति लिदा यो विवरण फरक भने पर्छ ।

हिमालयन बैंकमा असार मसान्तसम्ममा १ खर्ब ९ अर्ब रुपैयाँ निक्षेप रहेको छ । अघिल्लो वर्ष बैंकमा ९८ अर्ब ९८ करोड रुपैयाँ निक्षेप रहेको थियो ।

यस्तै कर्जा भने ९२ अर्ब ८२ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्ष ८२ अर्ब ४७ थियो ।

८ अर्ब ५२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको हिमालयन बैंकको रिजर्बमा असार मसान्तसम्ममा ५ अर्ब ३२ करोड रुपैयाँ रहेको छ ।

बैंकको पूँजीकोष अनुपात १२.७३ प्रतिशत छ । राष्ट्र बैंकले ११ प्रतिशत पूँजीकोषमा थप २ प्रतिशत काउन्टर साइकल बफर राख्नुपर्ने व्यवस्था गरेको छ । जसको कारण बैंकको पूँजीकोष बढाउन पूँजी बढाउनुपर्ने हुन्छ ।

बैंकको एनपिएल १.१२ प्रतिशत रहेको छ । कर्जा निक्षेप अनुपात ७५.५९ प्रतिशत रहेको छ । यस्तै बेसरेट ९.०५ प्रतिशत छ । स्प्रेडदर ४.४७ प्रतिशत रहेको छ ।

हिमालयन बैंकको इपिएस ३३.४१ रुपैयाँ रहेको छ ।


क्लिकमान्डु