राष्ट्रिय वाणिज्य बैंकमा किरण श्रेष्ठले गरे चमत्कार, ५ अर्ब ३२ करोड नाफा,सरकारलाई ४० प्रतिशत लाभांश



काठमाडौं । पूर्ण सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंकले सबैलाई चकित पार्ने खालको नाफा आर्जन गरेको छ ।

बैंकले गत आर्थिक वर्षमा ५ अर्ब ३२ करोड रुपैयाँ नाफा गरेको । यसको विवरण भने बैंकले प्रकाशित गरेको छैन ।

आर्थिक वर्ष २०७५/७६ मा बैंकले एकवर्षको अवधीमा ४६ प्रतिशतले नाफा बढाएको हो । आर्थिक वर्ष २०७४/७५ मा बैंकको नाफा ३ अर्ब ६५ करोड रुपैयाँ गरेको थियो । यद्यपी गतवर्षको अपरिस्कृत वित्तीय विवरणमा बैंकले ४ अर्ब ३२ करोड  नाफा गरेको देखाएको थियो ।

सर्वसाधारणलाई सेयर जारी नगरेको वाणिज्य बैंकबाट सरकारले ३ अर्ब ६१ करोड रुपैयाँ लाभांश पाउने छ । सरकारलाई वाणिज्य बैंकले ४० प्रतिशत लाभांश दिने क्षमता राखेको छ । यद्यपी पूर्ण रुपमा लेखा परिक्षण हुँदा यो रकम फरक पर्ने छ ।

बैंकले ब्याज आम्दानीबाट १० अर्ब २२ करोड रुपैयाँ आम्दानी गरेको छ । बैंकले आफ्नो खर्चलाई समेत घटाउन सफल भएको छ ।
वाणिज्य बैंकमा असार मसान्तसम्मा १ खर्ब ९० अर्ब रुपैयाँ निक्षेप छ । २०७५ असार मसान्तसम्ममा १ खर्ब ६४ अर्ब रुपैयाँ निक्षेप थियो ।
यस्तै कर्जा रकम १ खर्ब ४४ अर्ब रुपैयाँ रहेको छ । अघिल्लो वर्ष बैंकले १ खर्ब १७ अर्ब रुपैयाँ कर्जा दिएको थियो ।

९ अर्ब चुक्ता पूँजी रहेको वाणिज्य बैंकमा १३ अर्ब ७३ करोड रुपैयाँको रिजर्ब रहेको छ ।

बैंकले एकवर्षको अवधीमा आफ्नो बेसरेट समेत घटाएको छ । अघिल्लो वर्ष ६.२० प्रतिशत रहेको बेसरेट यो वर्ष ५.५० प्रतिशतमा झरेको छ ।
बैंकको स्प्रेडदर ४.४६ प्रतिशत रहेको छ । बैंकको कर्जा निक्षेप अनुपात ७२.७८ प्रतिशत रहेको छ ।

बैंकको पूँजीकोष अनुपात १३.२० प्रतिशत छ । यसले बैंकलाई चुक्ता पूँजी थप बढाउनुपर्ने अवस्था सिर्जना गरेको छ ।


क्लिकमान्डु