प्राइम बैंकको शाखा ललितपुरको इमाडोलमा



काठमाडौं । प्राइम कमर्सियल बैंकले ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिकाबाट शाखा सञ्चालनमा ल्याएको छ । यो सहित बैंकको शाखा संख्या ७४ पुगेको छ ।

उक्त शाखाको बैंकका संचालक प्रा.डा.मंगला श्रेष्ठले उद्घाटन गरेकी हुन । शाखा विस्तारको क्रमलाई निरन्तरता दिँदै जाने बैंकले जनाएको छ ।

बैंकले निक्षेपकर्ता तथा ग्राहकहरुलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन आफ्नो सेवालाई थप चुस्त, आत्मीय र ग्राहकमुखी बनाउने जनाएको छ ।


क्लिकमान्डु