डिजिटल माध्यमबाट वित्तीय सेवा विस्तारका लागि इसेवा र युके एड सक्षमबीच सम्झौता




काठमाडौं । डिजिटल माध्यमबाट ग्रामीण भेगसम्म वित्तीय सेवा पुर्याउनका लागि इसेवा र युके एडको सक्षमबीच सम्झौता भएको छ ।

बुधबार राजधानीमा आयोजित कार्यक्रममा इसेवा फोनपेका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र यूके एड समक्षका निर्मल दाहालले सम्झौतामा हस्ताक्षर गरे ।

यस सम्झौतामार्फत स्थापित इसेवा क्यास प्वाइन्टले डिजिटल माध्यममार्फत ग्रामीण उपभोक्ताहरुलाई वित्तीय सेवा प्रदान गर्नेछ ।

कार्यक्रममा बोल्दै एफएन सफ्टका अध्यक्ष विश्वास ढकालले सरकारले ल्याएको एक व्यक्ति एक बैंक खाता अभियानलाई सहयोग पुर्याउनु हो ।

उनले भने, ‘हाम्रो उद्देश्यले सन् २०२० को डिसेम्बरसम्ममा हरेक व्यक्तिलाई डिजिटल माध्यमबाट वित्तीय सेवा पुर्याउनु हो, यसका लागि हामीले टपअप र विल भुक्तानीबाहेकका अन्य विभिन्न माध्यममा प्रवेश गर्नु जरुरी छ’ ।

अहिले ७ लाख मानिसहरु डिजिटल्ली बैंक खातामा जोडिएको भन्दै यसलाई बढाउनुपर्ने बताए ।

यस सम्झौताले बैंकमा खाता खोल्न, रकम जम्मा गर्न तथा रकम पठाउनका लागि सहयोग पुग्ने सीईओ सुभास सापकोटाले बताए ।

सक्षम एक्सेस टु फाइनान्स नेपाल तथा संयुक्त अधिराज्य सरकारबीच भएको सम्झौता बमोजिम सञ्चालन भइरहेको कार्यक्रम हो । जसलाई डीएफआईडी नेपालको तर्फबाट लुइस बर्जरले स्थानीय तथा अन्तर्राष्ट्रिय संस्थाहरुसँगको साझेदारीमा कार्यान्वयन गरिरहेको छ ।

इसेवामा हाल २० लाख ग्राहक ५५ हजार एजेन्ट नेटवर्क, ५४ वटा सदस्य बैंक तथा ३० हजार मर्चेन्ट जोडिएका छन् ।


क्लिकमान्डु