लगातार बढेको सुनको भाउ बुधबार सस्तियो




काठमाडौं । बजारमा लगातार भाउ बढेको सुनको मूल्य बुधबार सस्तो भएको छ । नेपाल सुन चाँदी व्यवसायी संघका अनुसार बुधबार छापावाला सुनको मूल्य ७०० रुपैयाँले सस्तो भएको छ ।

विश्वबजारमा सुनको भाउ बढेसँगै नेपाली बजारमा पनि सुनको भाउ लगातार बढेको थियो । मंगलबार छालावाला सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार ७३ हजार ३०० मा कारोबार भएको हो ।

त्यस्तै, तेजाबी सुनको मूल्य ७० हजारमा कारोबार भएको छ भने चाँदीको भाउ प्रतितोला ८२० रुपैयाँमा कारोबार भएको छ ।

चीन–अमेरिका युद्ध, अमेरिकी केन्द्रीय बैंकले घटाएको ब्याज तथा कमजोर सेयर बजारका कारणले बजारको भाउ लगातार उकालो लागेको थियो ।

सुनको भाउ बढ्नुमा सुस्त जर्मन अर्थतन्त्र, अमेरिकाको इरान र उत्तर कोरियासँग कटु सम्बन्ध र भारतको जम्मु–कश्मीर विवादका कारण पनि बढेको थियो ।


क्लिकमान्डु