स्ट्यान्डर्ड चार्टर्डको नाफा १३.९४ ले बढ्दा प्रति सेयर आम्दानी कति ?



काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकले गत आवको असार मसान्तसम्म चौथो त्रैमाससम्ममा २ अर्ब ४९ करोड ३६ लाख मुनाफा आर्जन गरेको छ ।

बैंकले अघिल्लो आवको सोहि अवधिमा २ अर्ब १८ करोड ९८ लाख ९८ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा गत आवमा बैंकको नाफा १३.९४ प्रतिशतले बढेको छ । यो अवधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ८० करोड २४ लाख ५३ हजार रुपैयाँ रहेको छ । जुन चुक्ता पूँजीको २२.४९ प्रतिशत लाभांश वितरण गर्ने क्षमता हो ।

बैंकले खुद ब्याज आम्दानी भने ३ अर्ब ५२ करोड ३१ लाख ८९ हजार गरेको छ, जुन अघिल्लो आवको सोहि अवधिमा ३ अर्ब २९ करोड ८० लाख ३४ हजार रुपैयाँ रहेको थियो । यस्तै बैंकको सञ्चालन मुनाफा ३ अर्ब ४८ करोड ७ लाख ९० हजार रुपैयाँ रहेको छ जुन अघिल्लो आवको सोहि अवधिमा ३ अर्ब १ करोड ७४ लाख ६४ हजार रुपैयाँ रहेको थियो । प्रति सेयर आम्दानी ३१ रुपैयाँ १५ पैसा रहेको बैंकको प्रति सेयर नेटवर्थ १८७ रुपैयाँ ०८ पैसा रहेको छ ।

अघिल्लो आवमा ४ अर्ब ५१ करोड १० लाख २९ हजार रुपैयाँ जगेडा कोषमा रहेकोमा गत आवको चौथो त्रैमासमा ५ अर्ब १७ करोड २८ लाख ४५ हजार रुपैयाँ पुगेको छ ।

बैंकमा ग्राहकको निक्षेप पनि अघिल्लो आवको तुलनामा बढेर गएको छ । अघिल्लो आवमा ६७ अर्ब ६ करोड १० लाख ४७ हजार रुपैयाँ रहेकोमा गत असारसम्ममा निक्षेप बढेर ७५ अर्ब ७३ करोड १५ लाख २७ हजार रुपैयाँ पुगेको छ । बैंकको कर्जा लगानी ५३ अर्ब ११ करोड १ लाख ४१ हजार पुगेको छ । जुन अघिल्लो आवमा ४४ अर्ब ५६ करोड १३ लाख ३० हजार रुपैयाँ रहेको थियो ।

बैंकको खराब कर्जा भने घटेको छ । गत आवमा बैंकको खराब कर्जा ०.१५ प्रतिशत छ भने जुन अघिल्लो आवमा ०.१८ प्रतिशत थियो । बैंकको चुक्ता पूँजी गत आवमा ८ अर्ब १ करोड १४ लाख ३१ हजार छ ।


क्लिकमान्डु