एनसीसी बैंकले कमायो १ अर्ब ५२ करोड रुपैयाँ नाफा



काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श(एनसीसी) बैंकले १ अर्ब ५२ करोड रुपैयाँ नाफा गरेको छ ।

बैंकले गत आर्थिक वर्षमा १३.४३ प्रतिशतले नाफा बढाएको छ । बैंकको अघिल्लो वर्षमा नाफा १ अर्ब ३४ करोड रुपैयाँ थियो ।

बैंकले असार मसान्तसम्ममा ६७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने ६१ अर्ब १३ करोड रुपैयाँ कर्जा दिएको छ ।

बैंकको चुक्ता पूँजी ७ अर्ब १ करोड छ भने रिजर्बमा ३ अर्ब ५९ करोड छ । बैंकले साधरणसभा बोलाएर बल्ल चुक्ता पूँजी ८ अर्ब पुर्याउन लागेको छ ।

बैंकले वितरणयोग्य नाफा १ अर्ब १९ करोड रुपैयाँ गरेको छ ।

बैंकको पूँजीकोष १४.०४ प्रतिशत छ । बैंकको खराब कर्जा अनुपात २.७८ प्रतिशत छ । अझैपनि बैंकले खराब कर्जा असुल गर्नपर्ने देखिएको छ ।

कर्जा निक्षेप अनुपात ७३.८४ प्रतिशत छ । १०.२३ बेसरेट रहेको बैंकको स्प्रेड ४.७० प्रतिशत रहेको छ ।


क्लिकमान्डु