सनराइज बैंकको नाफा १५.५७ प्रतिशतले बढ्दा अन्य सूचक कस्ता ?



काठमाडौं । सनराइज बैंकले गत आवको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले गत आवको चौथो त्रैमासमा आइपुग्दा १ अर्ब ७० करोड ७० लाख ३७ हजार ६५० रुपैयाँ नाफा आर्जन गरको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा १५.५७ प्रतिशतले बढी हो ।

अघिल्लो आवको सोहि अवधिमा १ अर्ब ४७ करोड ६९ लाख ७१ हजार ८५३ रुपैयाँ आम्दानी गरेको छ ।
यो अवधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ११ करोड ७७ लाख ४१ हजार ११९ रुपैयाँ रहेको छ ।
बैंकको नाफा बढ्नलाई खुद ब्याज आम्दानी र सञ्चालन मुनाफाको सहयोग देििखएको छ । बैंकको खुद ब्याज आम्दानी २५.३७ प्रतिशत र सञ्चालन मुनाफामा २७.१८ प्रतिशतले सुधार आएको छ ।

बैंकको खुद ब्याज आम्दानी ३ अर्ब ५९ करोड ९४ लाख १० हजार ११८ रुपैयाँ रहेको छ भने सञ्चालन मुनाफा २ अर्ब ६० करोड ४० लाख ६६ हजार २२५ रुपैयाँ रहेको छ । ८ अर्ब १५ करोड २५ लाख ५५ हजार ८५१ रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब ५८ करोड ७५ लाख ७० हजार रुपैयाँ रहेको छ ।

७५ अर्ब ४३ करोड २१ लाख ५० हजार रुपैयाँ निक्षेप संकलन गरेको गरेको बैंकले ६८ अर्ब ८७ करोड ८६ लाख ६९ हजार ५८३ रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको खराब कर्जा १.२४ प्रतिशतबाट घटेर १.०३ प्रतिशतमा झरेको छ । २०.९४ प्रतिसेयर आम्दानी रहेको बैंकको १५१ रुपैयाँ ४७ पैसा प्रतिसेयर नेटवर्थ रहेको छ ।


क्लिकमान्डु