मेगा बैंकको कमाल: नाफा ३१ प्रतिशतले बढ्यो, प्रयाप्त पूँजीकोष



काठमाडौं । मेगा बैंकले गत आर्थिक वर्षमा १ अर्ब ७१ करोड रुपैयाँ नाफा गरेको छ ।
बैंकले प्रकाशित गरेको विवरण अनुसार गत आर्थिक वर्षमा ३१.२९ प्रतिशतले बैंकले नाफा बढाएको हो ।

बैंकको नाफा अघिल्लो आर्थिक वर्षमा १ अर्ब ३१ करोड रुपैयाँ रहेको थियो ।
बैंकले ब्याज आम्दानीबाट मात्र ३ अर्ब ८१ करोड रुपैयाँ कमाएको छ ।
१० अर्ब ३८ करोड चुक्ता पूँजी रहेको मेगा बैंकको रिजर्बमा १ अर्ब ३७ करोड रुपैयाँ रिजर्बमा रहेको छ ।

बैंकले सेयरधनीलाई बाड्न मिल्ने नाफा १ अर्ब ३५ करोड रुपैयाँ गरेको छ । जसले सेयरधनीलाई १३ प्रतिशत लाभांश दिन मिल्छ ।

असार मसान्तसम्ममा बैंकको ७८ अर्ब रुपैयाँ निक्षेप रहेको छ भने कर्जा ६९ अर्ब रुपैयाँ कर्जा रहेको छ ।

बैंकको पूँजीकोष अनुपात १५.४८ प्रतिशत रहेको छ । राष्ट्र बैंकले ११ प्रतिशत पूँजीकोषमा थप २ प्रतिशत बफर हुनुपर्ने व्यवस्था गरेको छ । जसले बैंकलाई पूँजीकोष प्रयाप्त रहेको देखाएको छ ।

बैंकको बेसरेट ९.९८ प्रतिशत रहेको छ भने स्प्रेडदर ४.७३ प्रतिशत रहेको छ । कर्जा निक्षेप अनुपात ७५.७९ प्रतिशत रहेको छ ।

बैंकको प्रति सेयर आम्दानी १६.५५ रुपैयाँ रहेको छ ।


क्लिकमान्डु