नबिल बैंकको नाफा ४ अर्ब ३० करोड, सेयरधनीलाई ३५.३३% लाभांश दिने क्षमता
काठमाडौं । नबिल बैंकले गत आर्थिक वर्षमा ४ अर्ब ३० करोड रुपैयाँ नाफा गरेको छ ।
बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा नाफा ८ प्रतिशतले बढाएको हो ।
बैंकले प्रकाशित गरेको विवरण अनुसार नबिल बैंक आर्थिक वर्ष २०७५/७६ मा ४ अर्ब ३० करोड रुपैयाँ नाफा गरेको हो । आर्थिक वर्ष २०७४/७५ मा नाफा ३ अर्ब ९८ करोड रुपैयाँ रहेको थियो । बैंकले ब्याज आम्दानीबाट मात्र ७ अर्ब ३३ करोड रुपैयाँ कमाएको छ ।
बैंकले सेयरधनीलाई ३५.३३ प्रतिशत लाभांश दिने क्षमता राख्छ ।
बैंकको पूँजीकोष अनुपात १२.७१ प्रतिशत छ । राष्ट्र बैंकले गरेको काउन्टर साइकल बफर अनुसार पूँजीकोष अनुपात पुग्दैन । बैंकले त्यसको लागि बोनस सेयर दिनुपर्ने हुन्छ ।
बैंकको बेसरेट अघिल्लो वर्षको भन्दा बढेको छ । अघिल्लो वर्ष ७.७८ प्रतिशत रहेको बेसरेट यो वर्ष बढेर ८.०९ प्रतिशत पुगेको छ । बैंकको कर्जा निक्षेप अनुपात ७२.९० प्रतिशत छ भने बैंकले ४.४३ प्रतिशत स्प्रेडदरमा काम गरेको छ ।
बैंकको असार मसान्तसम्ममा निक्षेप १ खर्ब ६४ अर्ब पुगेको छ । कर्जा १ खर्ब २९ अर्ब रुपैयाँ रहेको छ । एक वर्ष अगाडि निक्षेप १ खर्ब १ खर्ब ३४ अर्ब थियो भने कर्जा १ खर्ब ९ अर्ब थियो ।
बैंकको प्रति सेयर आम्दानी ४७.६५ रहेको छ ।