फोर्स मर्जर गराउने खालको व्यक्तिगत ‘क्रश होल्डिङ’ देखिएन, राष्ट्र बैंकले माग्यो थप विवरण



काठमाडौं । एकै व्यक्ति वा समूहको लगानी भएका बैंकहरुलाई फोर्स मर्जर गराउने उद्देश्यले राष्ट्र बैंकले ‘क्रश होल्डिङ’ को विवरण मागेको थियो ।

केन्द्रिय बैंकले गत साउन १५ गते बैंकहरुसँग ०.१ प्रतिशतभन्दा बढी सेयर भएका सेयरधनीको विवरण ७ दिनभित्र उपलब्ध गराउन भनेको थियो ।

राष्ट्र बैंकले माग्यो बैंकसँग क्रस होल्डिङको विवरण

राष्ट्र बैंकको निर्देशन अनुसार बैंकहरुले राष्ट्र बैंक समक्ष तोकिएको विवरण बुझाइसकेका छन् । बैंकहरुको बुझाएको विवरण अनुसार व्यक्तिगतरुपमा हेर्दा फोर्स मर्जर गराउने खालको क्रश होल्डिङ नदेखिएको राष्ट्र बैंकका एक उच्च अधिकारीले बताए ।

अहिलेसम्म क्रश होल्डिङको विवरण मात्रै मागिएको उनले बताए । अहिलेसम्म राष्ट्र बैंकले क्रश होल्डिङ भएका संस्थालाई मर्जरमा लैजाने मात्रै भनेको छ, कति सेयर भएकालाई कसरी लैजाने भनेर कुनै छलफल तथा तयारी गरेको छैन ।

‘२८ वटै वाणिज्य बैंकले क्रश होल्डिङको विवरण बुझाइसकेका छन्, व्यक्तिगत क्रश होल्डिङ हेर्दा फार्स मर्जर गराउन सक्ने अवस्था देखिँदैन,’ ती अधिकारीले क्लिकमाण्डूसँग भने, ‘किनभने विभिन्न व्यक्तिले विभिन्न बैंकमा लगानी गरेका छन्, धेरै व्यक्तिको धेरै संस्थामा सञ्चालक समितिमा प्रतिनिधित्व गर्नेगरीको क्रश होल्डिङ देखिँदैन ।’

राष्ट्र बैंकले एनआइसी एशिया र एनएमबि बैंकको फोर्स मर्ज गराउँदै छ ? यस्तो छ क्रस होल्डिङ

स्रोतका अनुसार एक व्यक्तिको लगानी २ देखि ५ वटा बैंकमा भएको बैंकहरुको बुझाएको विवरणमा देखिन्छ ।

‘एकै व्यक्तिको बढीमा ४/५ प्रतिशत मात्रै लगानी देखिन्छ, तर उक्त व्यक्तिको समूह, कम्पनी र परिवारको विवरण भने उल्लेख छैन,’ स्रोतले भन्यो, ‘व्यक्तिको विवरण मात्रै अधूरो भएकाले हामीले कम्पनी, घराना र समूहका नामबाट भएको लगानीको विवरण पनि माग्नका लागि बुधबार बैंकहरुलाई पत्र पठाउँछौं ।’

यो विवरण आएपछि मात्रै वास्तविक क्रश होल्डिङको अवस्था थाहा हुने ती अधिकारीले बताए ।

क्रस होल्डिङ भएका बैंक तथा वित्तीय संस्थालाई मर्जरमा लगिने

‘कम्पनी, समूह र परिवारका सदस्यहरुको पनि विवरणमा गेपछि मात्रै ककसको कहाँकहाँ क्रश होल्डिङ छ भन्ने कुरा पत्ता लाग्छ,’ स्रोतले भन्यो, ‘त्यसपछि कतिसम्म क्रश होल्डिङ भएका संस्थाहरुलाई कसरी मर्जरमा लैजाने भन्ने विषय छलफल गरेर टुंगो लगाउँछौं ।’

अहिलेसम्म क्रश होल्डिङको विवरण मात्रै मागिएको उनले बताए । अहिलेसम्म राष्ट्र बैंकले क्रश होल्डिङ भएका संस्थालाई मर्जरमा लैजाने मात्रै भनेको छ, कति सेयर भएकालाई कसरी लैजाने भनेर कुनै छलफल तथा तयारी गरेको छैन ।

अहिलेसम्मको विवरण हेर्दा सरकारी संस्थाहरुको क्रश होल्डिङ बढी देखिएको ती अधिकारीको बताए ।

वाणिज्य बैंकहरुमा सबैभन्दा ठूलो क्रस होल्डिङ संचय कोषको, राष्ट्र बैंकको निर्देशनपछि के हुन्छ ?

‘नागरिक लगानी कोषको ६ बैंकमा, कर्मचारी सञ्चय कोषको ७/८ वटा बैंकमा र बीमा संस्थानको ४/५ वटा बैंकमा ठूलो लगानी भएको छ,’ स्रोतले भन्यो, ‘सरकारी संस्थाको क्रश होल्डिङ भएका संस्थालाई कस्तो ट्रिट गर्ने भन्ने विषयमा पनि छलफल भएको छैन ।’

त्यस्तै, प्रुडेन्ट क्यापिटल इन्भेष्टमेन्ट प्रालिको ५ बैंकमा लगानी भएको देखिएको ती अधिकारीले जानकारी दिए ।

एनआइसी एशिया, एनएमबि, सनराइज र सिदार्थ बैंकमा माडवारी समूदायको बढी क्रश होल्डिङ देखियो,’ स्रोतले भन्यो, ‘केही बैंकमा राणा र केही बैंकमा नेवार समूदायको व्यक्तिगत क्रश होल्डिङ देखिन्छ ।’


पुष्प दुलाल