राष्ट्र बैंकले माग्यो बैंकसँग क्रस होल्डिङको विवरण



काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले क्रस होल्डिङ भएका बैंकहरुको विवरण पठाउन बैंकहरुलाई पत्र काटेको बताएका छन् ।

राजधानीमा आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको मौद्रिक नीतिले अर्थतन्त्रमा पार्ने प्रभाव विषयका कार्यक्रममा  शिवाकोटीले यस्तो बताएका हुन् ।

राष्ट्र बैंकले  एक बैंकमा लगानी भएका व्यक्तिको अर्को बैंकमा कति लगानी छ भनेर थाहा पाउनका लागि बिहीबार नै राष्ट्र बैंकबाट विवरण माग्न लागेको शिवाकोटीले बताए ।

कार्यक्रममा उनले ०.१ प्रतिशतभन्दा बढी क्रस होल्डिङ गरेका शेयरधनीहरुको सूची तत्काल पठाउन पत्राचार गरको बताए । उनले भने, ‘८ अर्ब चुक्त पुँजीमध्ये ०.१ प्रतिशतभन्दा बढी लगानी हुने लगानीकर्ताका बारेमा तथ्ययांक पठाउन भनिएको छ, त्यस्तो लगानीकर्तामा एकाघरका लगानीकर्ताको लगानी हेरिन्छ । त्यो हेरेर १,२,३ कति प्रतिशतमा हुनुपर्ने हो हामी निर्णय गर्छौ ।’

उनका अनुसार सेयर होल्डर दोहोरिएमा एउटै सेयर होल्डर हुनुहुँदैन, तपाईहरु मर्जरमा जानु भनेर हामी भन्ने उनले बताए । शिवाकोटीले एकाघरका परिवारको समेत सेयर संख्या जोडेर विवरण पठाउन निर्देशन दिइसकेको उल्लेख गरे ।

बैंकहरुले उक्त विवरण आएपछि बैंकहरुमा एकाघरका परिवारको कति प्रतिशत सेयर रहेको र हेरेर कति प्रतिशतसम्म क्रस होल्डिङ छ भनेर हेरेर निर्देशन जारी गर्ने बताए ।

कार्यक्रममा शिवाकोटीले कसैलाई पनि सकेको वातावरण बनाएर बजारमा सकस पार्न नचाहेको स्पष्ट पारे । उनले भने ‘हामी बीग मर्जर गर्न चाहन्छौं, त्यो पनि स्वेच्छिक नै हो, त्यो नभएको खण्डमा फोर्स नै हो । स्वेच्छिक गर्नका लागि यस अघि भएकोमा अहिले थप ५ वटा थपेका छौं ।


क्लिकमान्डु