वाणिज्य बैंकहरुमा सबैभन्दा ठूलो क्रस होल्डिङ संचय कोषको, राष्ट्र बैंकको निर्देशनपछि के हुन्छ ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुलाई ०.१० प्रतिशतभन्दा बढी सेयर भएका व्यक्ति तथा संस्थाको विवरण पेश गर्न एकसाताको निर्देशन दिएको छ ।

अहिले राष्ट्र बैंक बैंकहरुमा भएको क्रस होल्डिङको विषयलाई शुष्म रुपमा अध्ययन गरेर सो अनुसार मर्जरको लागि निर्देशन दिने तयारीमा छ ।

संस्थागत रुपमा सबैभन्दा ठूलो क्रस होल्डिङ रुपमा कर्मचारी संचय कोषले बैंकहरुमा लगानी गरेको छ ।

संचय कोष सरकारी संस्था हो । संचय कोषले गरेको क्रस होल्डिङ लगानीलाई आधार मानेर भने राष्ट्र बैंकले मर्जरको निर्देशन भने दिने छैन ।

कर्मचारी संचय कोषको लगानी रहेका वाणिज्य बैंकहरुमा एनएमबि,नेपाल एसबिआई,हिमालयन बैंक,बिओके रहेका छन् । पछिल्लो समय संचय कोषले सिभिल बैंकको समेत संस्थापक सेयर खरिर गरेर ठूलो सेयरधनी बनेको छ ।

कर्मचारी संचय कोषको सबैभन्दा बढी लगानी नेपाल एसबिआई बैंकमा रहेको छ । एसबिआई बैंकमा संचय कोषको १५ प्रतिशत लगानी रहेको छ ।

एनएमबि बैंकमा ६.८६ प्रतिशत सेयर स्वामित्व रहेको छ । हिमालयन बैंक र बैंक अफ काठमाण्डूमा समेत संचय कोषको लगानी रहेको छ ।

विकास बैंकमा भने देव विकास बैंकमा संचय कोषको लगानी रहेको छ । संचय कोषबाट एसबिआई,एनएमबि,बिओके र हिमालयन बैंकको संचालक समितिमा प्रतिनिधित्व रहेको छ ।

संचय कोषले ३ अर्ब १७ करोड ४२ लाख रुपैयाँ बराबरको सेयर लगानी वाणिज्य बैंकमा गरेको छ ।


क्लिकमान्डु