ग्लोबल आइएमई बैंकको क्रेडिट कार्डको आबेदन अनलाइनबाट भर्न सकिने




काठमाडौं । ग्लोबल आइएमई बैंकले क्रेडिट कार्डको दरखास्त फारम अनलाइन प्रणाली मार्पmत भर्न सक्ने व्यवस्था गरेको छ ।

ग्राहकहरुले आफ्नो क्रेडिट लिमिट बुझ्न र कार्ड कसरी पाउने भन्ने सम्बन्धी जानकारी अत्याधुनिक प्रविधियुुक्त अनलाइन प्रणालीको माध्यमबाट पाउन सक्नेछन् । क्रेडिट कार्ड लिन इच्छुक ग्राहकहरुले ग्लोबल आइएमई बैंकको वेबसाइटमा गई आवेदन दिन सक्ने बैंकले जनाएको छ ।
बैंकले अत्याधुनिक प्रविधियुुक्त भाइवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा प्रदान गर्नुका साथै अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्पर्क कार्यालय स्थापना गरेर सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।


क्लिकमान्डु