भीभो एस वान नेपालमा सार्वजनिक, यस्तो छ मूल्य र विशेषता



काठमाडौं । भीभो नेपालले आफ्नो नयाँ प्रोडक्ट, भीभो एस १ नेपाली बजारका लागि आधिकारीक रुपमा उपलब्ध गराएको छ । कम्पनीको पहिलो एस सिरिजले ‘३२ मेगापिक्सेल एआई सेल्फी, क्याप्चर योर स्टायल’ ट्यागलाईन राखेको ।

भीभो एस १ स्मार्टफोन स्क्रीन टच आईडि, सूपर एमोलेड अल्ट्रा अल स्क्रीन, ३२ मेगापिक्सेल एआई सेल्फी क्यामरा, एआई ट्रिपल रियर क्यामरा र स्टायलिस डिजाइनजस्ता उत्कृष्ट विशेषताहरु सहित उपलब्ध छ । यो स्मार्टफोन डायमण्ड ब्ल्याक र स्काईलाईन ब्लू कलर्स अप्सनमा बजारमा उपलब्ध छ ।

‘भीभो एस १ ले स्मार्टफोन छनौट गरिरहेका युवा उपभोक्ताहरुको विशेषताहरुलाई समाहित गरेको छ, जून स्टायलिस डिजाइन, स्मार्ट क्यामरा, ठूलो स्क्रीनका साथमा क्लियर भीजुअल एक्सपेरियन्स, र भरोसायोग्य परफरमेन्सका साथमा आएको छ । भीभो एस १ मा अल्ट्रा गेम मोड र स्क्रीन टच आईडी जस्ता थप विशेषताहरु पनि रहेका छन । यसले मोबाइल एक्सपेरियन्सलाई अझ रमाईलो बनाउँछ ।’

भीभो एस १ मा ६ जीबी र्याम र १२८ जीबीको आन्तरिक स्टोरज(रोम) रहेको छ जसले भिडियोहरु, गीत संगीतहरु र स्टोर गर्न तस्वीरहरु संग्रह गर्न अधिकतम स्थान उपलब्ध गराउँछ । पावरफुल स्मार्टफोन एक्सपेरियन्स प्रदान गर्नको लागि भीभो एस १ मा ४,५०० एमएएचको ब्याट्रीका साथ ड्यूल ईन्जिन फास्ट चार्जिंग मिडियाटेक ६७६८ प्रोसेसर राखिएको छ । उर्जा बचत गर्ने प्रोसेसर र उच्च ब्याट्री क्षमताका साथ भीभो एस १ लामो समयसम्म सक्रिय रहने युवा उपभोक्ताहरुका लागि विभिन्न तरिकाले सहयोगी हुन तयार छ ।

मोबाइल गेमिङ्ग फीचर
भीभो एस १ ले एन्ड्रोयड ९.० पाईमा आधारित पछिल्लो फनटच ओएस ९ अपरेटिंग सिस्टमका साथमा स्मार्ट बटन र एआई जोभी फीचर ल्याएको छ । भीभो एस वानले मल्टि टर्बो र कम्पिटिसन मोडका साथमा अल्ट्रा गेमिंग मोड प्रस्तुत गरेको छ जसले गर्दा गेम खेलिरहेको बेलामा स्मार्टफोनको परफरमेन्सलाई सहज बनाउँदै ब्याट्री लाईफ पनि बचाउँछ ।

भीभो एस १ आधिकारीकरुपमा नेपाली बजारमा रु ३४,६९० मा उपलब्ध छ । उपभोक्ताहरुले आफ्नो नजिकको कुनैपनि मोबाइल रिटेल पसलमा गएर भीभो एस १ खरिद गर्न सक्नेछन् ।


क्लिकमान्डु