सुनको मूल्य बढेको बढ्यै, पुग्यो तोलाको ७१ हजार

क्लिकमान्डु २०७६ साउन २८ गते १२:१२ मा प्रकाशित

काठमाडौं । मंगलबार सुनको मूल्यमा फेरि १ हजार रुपैयाँले बढेको छ । जस अनुसार छापालाव सुनको मूल्य प्रतितोला ७१ हजार रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी संघले मंगलबारका लागि छापावाल सुनको प्रतितोला ७१ हजार रुपैयाँ तोकेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला ७० हजार ७०० रुपैयाँ तोकेको छ । भने चाँदीको मूल्य प्रतितोला ८३५ रुपैयाँ तोकेको छ ।

तीन दिनयता स्थिर रहेको मूल्य मंगलबार बढेको हो ।

यसरी हेर्दा एक महिनाको अवधिमा सुनको मूल्य प्रतितोला ६ हजार रुपैयाँका दरले वृद्धि भएको छ ।

सुनको मूल्य बढ्दा बजारमा सुन किन्नेको संख्या कम भएको छ भने बैंकमा सुन थुप्रने क्रम बढेको छ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स