१ सय दिन होटलमा बसेर २० लाख नतिरी भागेपछि…




भारतको हैदराबादको एक होटलमा १०० दिन बसेर २० लाख रुपैयाँ नतिरी भागेपछि मानिस पैसा नतिरी भाग्ने मानिसविरुद्ध प्रहरीले उजुरी दर्ता गरेको छ ।

ताज होटलको व्यवस्थापनमा सञ्चालित बञ्जरा होटलमा विशाखापट्नमका व्यापारी ए शंकर नारायण १ सय दिनसम्म बसेर पैसा नतिरी भागेका थिए ।

होटलका अनुसार लक्जरी रुममा १०२ दिन बसेका थिए । उनले ४१ लाख रुपैयाँ बुझाउनु पर्ने थियो । जसमध्ये २२ लाख रुपैयाँ बुझाएका थिए । तर बाँकी रकम नतिरी भागेका थिए ।

होटलको विल भुक्तानी गर्नका लागि जसले पैसा दिन्छु भनेको थियो उसले पनि मोबाइल फोन स्वीचअफ गरे पछि होटल व्यवस्थापन प्रहरीकहाँ पुगेको थियो ।

तर व्यापारी नारायाणले भने होटलमा आफूले पूरै बिल भुक्तानी गरेर हिँडेको तर होटलले आफ्नो मानहानी गरेको भन्दै होटल विरुद्ध नै उजुरी गर्ने बताएका छन् ।


क्लिकमान्डु