भ्रमण वर्ष सफल गराउन नाट्टाले दियो सरकारलाई १२ बुँदे सुझाव (सुझाव सहित)



काठमाडौं । नेपाल एशोसिएसन अफ दुर एण्ड ट्राभल एजेन्टस (नाट्टा)ले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउनका लागि सरकारलाई १२ बुँदे सुझाव दिएको छ ।

नाट्टाका अध्यक्ष सीएन पाण्डेका अनुसार सोमबार भ्रमण वर्षको सचिवालयलाई सुझाव बुझाइएको हो । नवनियुक्त पर्यटनमन्त्रीले गत शुक्रबार पर्यटन व्यवसायी र सरोकारवालाहरुसँग छलफल गरी सुझाव माग गरेका थिए ।

जस अन्तर्गत तीन दिनभित्र लिखित रुपमा सुझाव दिन भनेका थिए । सोही अनुसार नाट्टाले सोमबार सुझाव दिएको हो ।

सुझावमा अतिरिक्त शुल्क ९ प्रतिशतको व्यवस्था गर्न सुझाव दिइएको छ । साथै, डिजल इन्धन र एलपी ग्यासमा दिइँदै आएको भ्याट फिर्तालाई निरन्तरता दिने, विमानस्थलको स्तरोन्नती, बैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्था, अनलाइन भिसालगायतका विषय समेटिएको छ ।


क्लिकमान्डु