भिओआईपीमा संलग्न १६८ जना पक्राउ, १२ अर्ब भन्दा बढी मागदाबी
काठमाडौं । अवैध अन्तर्राष्ट्रिय कल बाईपासमा संलग्न १६८ जनालाई केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी)ले पक्राउ गरेको छ ।
ब्यूरोका अनुसार अहिलेसम्म ११० स्थानबाट १३१ जना नेपाली र ३७ विदेशीसहित १६८ जनालाई पक्राउ गरिएको छ । पक्राउ गरेका १६८ जनालाई १२ अर्ब १२ करोड ५० लाख ९ हजार ३८३ रुपैयाँ १७ पैसाको बिगो मागदाबी लिइ मुद्दा दायर भएको छ । उनीहरुबाट ब्यूरोले २३ हजार २६३ थान सिमकार्य र अन्तर्राष्ट्रिय कल बाइपास (भिओआईपी)मा प्रयोग हुने आधुनिक उपकरण पनि बरामद गरिएको छ ।
यस्तै ब्यूरोले भिओआईपी सञ्चालन गर्ने कामनपा ४ बालुवाटार टुसालबाट चितवनका नसिब तामाङलाई पक्राउ गरेको छ । २३ गते पक्राउ परेका तामाङको साथबाट ३२ पोर्टको जीओआईपी गेटवे १ थान, एचपी कम्पनीको ल्यापटप १ थान, राउटर, सामसङ कम्पनीको मोबाइल १ थान, टेलिकमको १० थान सिम, नोटबुक नियन्त्रणमा लिएको ब्यूरोले जनाएको छ ।