एम्प्लिफाई प्लस ब्राण्डका टिभी बजारमा, तीन वर्षको वारेन्टी



काठमाडौं । नेपालका लागि एम्प्लिफाई प्लस ब्राण्डको आधिकारिक वितरक ई.थ्री इलेक्ट्रोनिक्स प्रालिले नेपाली बजारमा एम्प्लिफाई प्लस ब्राण्डका एलइडी टेलिभिजनहरू ल्याएको छ ।

भारतीय डिकेएम ग्रुप कम्पनी अन्तर्गतको एम्प्लिफाई इलेक्ट्रोनिक्स प्रालिद्वारा उत्पादित अन्तर्राष्ट्रिय स्तरको एम्प्लिफाई प्लस ब्राण्डका टिभीहरू एचडी एलइडी टिभी सिरिज, एचडी स्मार्ट एलइडी टिभी सिरिज, फुल एचडी एलइडी टिभी सिरिज र फोरके अल्ट्रा एचडी स्मार्ट एलइडी टिभी सिरिज नेपाली ग्राहकहरूका लागि कम्पनीले उपलब्ध गराएको छ ।

एचडी एलइडी टिभी सिरिजमा न्यूनतम २४ इन्च, ३२ इन्च र ४० इन्चका एचडी एलइडी टिभी बजारमा उपलब्ध हुनेछन् । त्यसैगरी यी सिरिजमा इनबिल्ट गेम्स, पावर अडियो भोल्यूम, वायरलेस हेडफोन कन्ट्रोल, वाईफाई र एचडीएमआई लगायतका अत्याधुनिक फिचर छन् ।

कम्पनीले एचडी स्मार्ट एलईडी टिभी सिरिजमा ३२ इन्च र ४० इन्चका टिभीहरू बजारमा ल्याएको छ । यी सिरिजका टिभीमा पावर अडियो भोल्यूम, वायरलेस हेडफोन कन्ट्रोल, स्क्रिन क्याप्चर, वाईफाई, एचडिएमआई लगायतका फिचर उपलब्ध छन् ।

एम्प्लिफाई प्लस ब्राण्डमा उच्चतहका टिभीहरूका रूपमा फूल एचडी एलईडी टिभी सिरिज र फोरके अल्ट्रा एचडी स्मार्ट एलईडी टिभी पनि उपलब्ध भएको छ । जसमध्ये फूल एचडी एलईडी टिभी  ५० इन्चमा उपलब्ध हुनेछ । यसमा पावर अडियो भोल्यूम, वायरलेस हेडफोन कन्ट्रोल, स्क्रीन क्याप्चर, वाईफाई, एचडीएमआई लगायतका फिचर छन् ।

त्यसैगरि फोरके अल्ट्रा एचडी स्मार्ट एलईडी टिभी ५५ ईन्चमा नेपाली बजारमा उपलब्ध भएको छ । यो टिभीमा पनि पावर अडियो भोल्यूम,वायरलेस हेडफोन कन्ट्रोल, स्क्रीन क्याप्चर, वाईफाई, एचडीएमआई लगायतको फीचरहरु छन् ।

एन्ड्रोयडमा आधारित एचडी स्मार्ट एलइडी टिभी, फूल एचडी एलइडी टिभी सिरिज र फोरके अल्ट्रा एचडी स्मार्ट एलईडी टिभीका चार मोडलहरुमा १ जीबीको र्याम र ८ जीबीको आन्तरिक स्टोरेज रहेको छ ।

एचडी स्मार्ट एलईडी टिभी एन्ड्रोयड ५.१ अपरेटिंग सिस्टममा संचालन हुन्छ भने फूल एचडी एलईडी टिभी सिरिज र फोरके अल्ट्रा एचडी स्मार्ट एलईडी टिभी एन्ड्रोयड ७.० अपरेटिंग सिस्टममा संचालन हुन्छन् । एम्प्लिफाई प्लस ब्राण्डका सम्पूर्ण टिभीहरुमा ३ वर्षका वारेन्टी प्रदान गरिएको छ ।


क्लिकमान्डु