सिटिजन्स बैंक शाखारहित बैंकिङ्ग लिएर बाग्लुङ्गको काँठेखोला पुग्यो
काठमाडौं । सिटिजन्स बैंकले बैंकिङ्ग सेवा विस्तारका क्रममा बाग्लुङ्गकोे काँठेखोला गाउँपालिका–२ मा शाखारहित बैंकिङ्ग सेवा आरम्भ गरेको छ ।
उक्त शाखारहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी, लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखेको बैंकले जनाएको छ ।
बैंकले हाल देशैभरी फैलिएका आफ्ना ८१ वटा शाखा, ७६ वटा ए.टि.एम. र १०० वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।