सिटिजन लाइफ इन्स्योरेन्सको बिजनेस अवार्डस् नाइट सम्पन्न



काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले काठमाडौस्थित होटल शोल्टी क्राउन प्लाजामा सिटिजन लिडर्स नाइट नामक कार्यक्रम आयोजना गरी आफ्नो देशभरका उत्कृष्ट शाखा र आफ्नो सेल्स टिमका सदस्यहरुलाई विभिन्न विधाहरुमा उत्कृष्ट प्रदर्शनको लागि पुरस्कृत गरेको छ ।

कार्यक्रममा कम्पनीका अध्यक्ष प्रदीपजङ्ग पाण्डे तथा प्रमुख अतिथिको रुपमा कम्पनीका ब्राण्ड एम्बमस्डरद्धय हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ तथा सञ्चालक समितिका सदस्यहरुको उपस्थिती थियो ।
कार्यक्रममा कम्पनीका चार जना उदयीमान शाखा प्रमुखहरु, क्षेत्रीय स्तरका चार उत्कृष्ट शाखा प्रमुखहरु, सात उत्कृष्ट शाखा प्रमुखहरु, उत्कृष्ट एजेन्सी मेनेजरहरु, उत्कृष्ट युनिट मेनेजरहरु तथा उत्कृष्ट एजेन्टहरुका साथै कम्पनीका विभिन्न क्लबहरुका सदस्यहरुलाई पुरस्कृत गरिएको कम्पनीले जानकारी दिएको छ ।


क्लिकमान्डु