काठमाडौंभन्दा कति सस्तो छ ललितपुरमा जग्गाको मूल्य ? हेर्नुहोस् सूचि



काठमाडौं । जग्गाको मूल्य कहा बढी होला ? निश्चित रुपमा काठमाडौं जिल्ला सबैभन्दा महंगो छ ।

मालपोत कार्यालयले तोकेको सरकारी मूल्यांकन अनुसार काठमाडौंको न्यूरोड,दरबारमार्ग,माइतिघर क्षेत्रमा आनाको न्यूनतम ६० लाख रुपैयाँ तोकेको छ । यो सरकारी मूल्यांकन हो । कारोबार भने योभन्दा बढी नै मूल्यमा हुन्छ ।

काठमाडौंको तुलनामा सरकारी मूल्यांकनमा ललितपुर भने धेरै नै सस्तो छ । ललितपुरको मुख्य बजार मानिने कुपन्डोलदेखि लगनखेलसम्मको जग्गाको मूल्य ३५ लाख ५० हजार तोकिएको छ । जबकी बागमति पारी पुल तर्ने वित्तिकै जग्गाको न्यूनतम मूल्याकन ६० लाख तोकिएको छ ।

पछिल्लो समय आकर्षक मानिएको सैबु आवास क्षेत्रको न्यूनतम सरकारी मूल्यांकन आनाको १९ लाख २० हजार तोकिएको छ ।

मालोपोत कार्यालय ललितपुरले तोकेको न्यूनतम मूल्यांकन हेर्न यहा क्लिक गर्नुहोस् ।

काठमाडौं अन्तर्गतका मालपोतक कार्यालयले तोकेको जग्गाको न्यूनतम मूल्यांकन हेर्न यहा क्लिक गर्नुहोस् ।


क्लिकमान्डु