विश्वकै शानदार हुने गरेर निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने पर्यटनमन्त्री योगेश भट्टराईको घोषणा



काठमाडौं । पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले यो वर्षभित्रमा निजगढ अन्तराष्ट्रिय विमानस्थलको निर्माण कार्य सुरु हुने बताएका छन् ।

मन्त्रालयमा पत्रकारहरुसँग कुरा गर्दै पर्यटनमन्त्री भट्टराईले सन् २०१९ भित्रमा निजगढ अन्तराष्ट्रिय विमानस्थलको निर्माण शिलन्यास हुने बताए ।

निजगढ अन्तराष्ट्रिय विमानस्थलमा काटिने रुखमा विषयमा विवाद रहेको छ । पछिल्लो समय भएको लगानी सम्मेलनमा चारवटा प्रस्ताव निजगढमा अन्तराष्ट्रिय विमानस्थल बनाउने बारे आएको थियो ।यसको निर्माण मोडोलिटी टुंगो लागेको छैन ।

‘निजगढ एयरपोर्टको बिकल्प खोजिने छैन,विश्वको शानदार एयरपोर्ट बनाउने छौ,बस्ती व्यवस्थापन र रुख कटानको विषयलाई समाधान गरिने छ,’भट्टराईले भने ।


क्लिकमान्डु