निर्धन उत्थानको नाफा ३२ प्रतिशतले बढ्यो
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७५-७६ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । संस्थाले उक्त अवधिमा नाफा ३२.२३ प्रतिशतले बढेर ७३ करोड ९५ लाख ९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोहि अवभिमा ५५ करोड ९२ लाख ३८ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।
संस्थाको खुद ब्याज आम्दानी २१.०४ प्रतिशतले बढेर १ अर्ब ५७ करोड ९२ लाख ६४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोहि अवधिमा १ अर्ब ३० करोड ४६ लाख ६५ हजार रुपैयाँ रहेको थियो । यस्तै सञ्चालन मुनाफा पनि ४१.५६ प्रतिशतले बढेर १ अर्ब १४ करोड ६२ लाख ४८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोहि अवधिमा ८० करोड ९६ लाख ७४ हजार रुपैयाँ रहेको थियो ।
१ अर्ब २० करोड चुक्ता पुँजी रहेको संस्थाको जगेडा कोषमा १ अर्ब ६२ कोड २० लाख ८१ हजार रुपैयाँ रहेको छ । ११ अर्ब ४ करोड ८९ लाख ४४ हजार रुपैयाँ निक्षेप संकलन गरेर १९ अर्ब ६३ करोड ९५ लाख ७५ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । १.१७ प्रतिशत खराब कर्जा रहेको संस्थाको प्रतिसेयर आम्दानी ६१ रुपैयाँ ६२ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ २३५ रुपैयाँ रहेका छ ।