५० लाखभन्दा बढीको कर्जा लिदा प्यान अनिवार्य



काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० लाखभन्दा बढीको कर्जा लिदा अनिवाय रुपमा स्थाई लेखा नम्बर(प्यान) लिनुपर्ने व्यवस्था गरेको छ ।

राष्ट्र बैंकले मौद्रिक नीतिमा गरेको व्यवस्थालाई निर्देशिका मार्फत कार्यान्वयनमा ल्याएको हो ।

यसअघि १ करोडभन्दा बढीको कर्जा लिदा प्यान अनिवार्य थियो ।

राष्ट्र बैंकले ऋणी एउटै समुह अन्तर्गत परेको भए र सो समुहले ५० लाखभन्दा बढीको ऋण माग गरेको भए र उक्त समुहको कुनैपनि व्यक्तिलाई ५० लाखभन्दा बढीको कर्जा प्रवाह गर्नु पर्ने भएमा अनिवार्य रुपले प्यान चाहिने उल्लेख गरेको छ ।


क्लिकमान्डु