बैदेशिक रोजगारी र अध्ययन गरी फर्केका युवालाई बम्पर उपहार, सस्तो ब्याजमा ऋण दिइने



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैदेशिक रोजगारी र अध्ययन गरी फर्कने युवाहरुलाई असल कर्जामा दिइने ब्याजदरमा १ प्रतिशत सस्तो बनाएको छ ।

सोमबार सार्वजनिक निर्देशिकामा राष्ट्र बैंकले वर्तमानमा कायम गरिएको ४ प्रतिशत ब्यादजरलाई ३ प्रतिशतमा झारेको हो ।

युवाहरुलाई उद्यममा प्रोत्साहन गर्ने उद्देश्यले असल कर्जामा लाग्ने ४ प्रतिशत ब्यादजरलाई १ प्रतिशत कम गरी ३ प्रतिशतको व्यवस्था गर्न निर्देशन दिएको हो ।

राष्ट्र बैंकको निर्देशिकामा बैदेशिक रोजगारी र अध्ययन गरी फर्कने युवालाई उद्यम गर्नका लागि प्रोत्साहन गर्न यस्तो निर्देशन दिएको हो ।

राष्ट्र बैंकले सार्वजनिक गरेको निर्देशिकामा जलविद्युत परियोजना, कृषि क्षेत्र, पशुपंक्षी तथा मत्यपालन व्यवसाय विदेशमा रोजगारी वा अध्यययन गरी फर्केका युवाहरुले सञ्चालन गर्ने उद्योग–व्यवसाय, उत्पादनमूलक उद्योग, पर्यटन, उद्योग र भौति कपूर्वाधार निमाृण उद्योगमा प्रवाह भएको असल कर्जाको धितोमा वार्षिक ३ प्रतिशत ब्याजदरमा पुनरकर्जा उपलब्ध गराइने उल्लेख गरिएको छ ।

साथै, यस्तो पनरकर्जा प्रदान गर्दा औद्योगिक व्यवसाय ऐन, २०७३ मा उल्लेख भएका अति अविकसित र अविकसित क्षेत्रका उत्पादनमूलक उद्योगलाई प्राथमिकतामा दिइने समेत उल्लेख गरिएको छ ।

त्यस्तै, साधारण पुनरकर्जा सुविधा उपयोग गर्दाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले सम्बन्धित ऋणीबाट ७ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने व्यवस्था गरेको छ । यसअघि ऋणीबाट ८ प्रतिशतसम्म ब्याज लिन पाउने व्यवस्था थियो ।

त्यस्तै, साना तथा मझौला उद्यममा पुनरकर्जा लिनेसँग पनि वार्षिक ५ प्रतिशत ब्याजदरमा पुनरकर्जा उपलब्ध गराइने उल्लेख छ ।

परियोजना कर्जाको रुपमा साना तथा मझौला उद्यमहरुमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित १० लाख रुपैयाँसम्मको असल कर्जाको धितो सुरक्षणमा ३ प्रतिशत ब्याजदरमा पुनरकर्जा सुविधा उपलब्ध गराउने उल्लेख छ । याे व्यवस्था यसअघि ५ प्रतिशत कायम गरिएको थियो ।

साथै यस्तो पुनरकर्जा सुविधा उपयोग गर्दाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले सम्बन्धित ऋणीबाट ७ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने उल्लेख गरिएको छ ।

यस अघि यो व्यवस्था १० प्रतिशत कायम थियो ।


क्लिकमान्डु