आईसीएफसी फाइनान्सको नाफा ४१ प्रतिशतले बढ्यो



काठमाडौं । आईसीएफसी फाइनान्सले गत आर्थिक वर्ष २०७५–७६ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । यो अवधिमा फाइनान्सले आफने नाफा ४१.३३ प्रतिशतले बढाएर १३ करोड ८९ लाख ८६ हजार रुपैयाँ पुरयाएको छ । अघिल्लो आवको सोहि अवधिमा ९ करोड ८३ लाख ४१ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।
फाइनान्सको नाफा बढन खुद ब्याज आम्दानी र सञ्चालन मुनाफाको साथ देखिएको छ । फाइनान्सको खुद ब्याज आम्दानी ३०.२२ प्रतिशतले बढेर ३५ करोड ४६ लाख ४२ हजार रुपैयाँ पुर्याएको छ । अघिल्लो आवको सोहि अवधिमा २७ करोड २३ लाख २० हजार रुपैयाँ रहेको थियो ।
यस्तै सञ्चालन मुनाफा ६६.२८ प्रतिशतले बढेर १९ करोड ५९ लाख १८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोहि अवधिमा ११ करोड ७८ लाख २३ हजार रुपैयाँ रहेको थियो ।
८८ करोड २१ लाख ७२ हजार रुपैयाँ चुक्ता पुँजी रहेको फाइनान्सको जगेडा कोषमा ३५ करोड १४ लाख २० हजार रुपैयाँ रहेको छ ।
१० अर्ब ९३ करोड २८ लाख ७२ हजार रुपैयाँ निक्षेप संकलन गरेको फाइनान्सले ८ अर्ब ७१ करोड ३४ लाख ९२ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।
फाइनान्सको खराब कर्जा बढेर ०.८ प्रतिशत पुगेको छ । अघिल्लो आवमा ०.५ प्रतिशत रहेको थियो ।


क्लिकमान्डु