सरकारले तोक्यो सरकारी कर्मचारीको तलब, कसको कति ? (सूचिसहित)



काठमाडौं । जेठ १५ मा सरकारी कर्मचारीको तलब बढाएको सरकारले बल्ल आएर तलब निर्धारण गरेको छ ।

सरकारले साउन १ देखि लागु हुने गरेर तल्लो तहका कर्मचारीको २० प्रतिशत र माथिल्लो तहका कर्मचारीको तलब १८ प्रशितले बढाएको थियो ।

अर्थमन्त्रालयले सार्वजनिक गरेको तलब अनुसार मुख्यसचिवले ६५ हजार १४० रुपैयाँ तलब तथा दुईवटा ग्रेड सहित ६९ हजार४८२ रुपैयाँ तलब सुविधा हुन्छ ।

यस्तै नेपाल सरकारका सचिवको तलब ६० हजार ६८० तथा दुईवटा ग्रेड सहित ६४ हजार ७२६ रुपैयाँ तोेकेको छ ।

नेपाली सेनाका प्रधान सेनापतिको तलब ६५ हजार १४० मासिक तलब तथा त्यसमा दुईवटा ग्रेड २१ सय ७१ गरेर ६९ हजार ४८२ हुन्छ ।

प्रहरी महानिरिक्षकको तलब ६० हजार ६८० र यसमा ग्रेड जोड्दा ६४ हजार ७२६ रुपैयाँ हुन्छ । सशन्त्र प्रहरी महानिरिक्षकको तलब तलब ६० हजार ६८० र यसमा ग्रेड जोड्दा ६४ हजार ७२६ रुपैयाँ हुन्छ ।


क्लिकमान्डु